Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

वैदेशिक रोजगारीमा जाने ७० प्रतिशत श्रमिक अदक्ष

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैदेशिक रोजगारीमा जाने ७० प्रतिशत श्रमिक अदक्ष
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपालको वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उच्च प्रतिफलमुखी बनाउने उद्देश्यले सरकारले नयाँ र आकर्षक श्रम गन्तव्यहरूको खोजी गरिरहेको छ। हाल नेपालले ११० देशमा संस्थागत र १७८ देशमा व्यक्तिगत श्रम स्वीकृतिका लागि बाटो खुला गरेको छ। मन्त्रालयले युरोपेली, अफ्रिकी र एसियाली मुलुकहरूसँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ। यद्यपि, वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये करिब ७० प्रतिशत अदक्ष रहेको सरकारी तथ्यांक छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी प्रवक्ता मिरा आचार्यका अनुसार विकसित मुलुकहरूले सिप नभएका श्रमिकलाई प्राथमिकता दिँदैनन्। अदक्ष श्रमिकहरूका लागि खाडी मुलुक र मलेसिया नै मुख्य बजार बनेका छन्। उनले भनिन्, ‘जबसम्म हामीले स्वदेशमै श्रमिकलाई दक्ष बनाउन सक्दैनौँ, तबसम्म विकसित देशको ढोका सहजै खुल्दैन।’ सरकारले युरोपका रोमानिया, क्रोएसिया, पोल्यान्ड, जर्मनी, माल्टा, पोर्चुगल र साइप्रस जस्ता देशमा नेपाली श्रमिकको आकर्षण बढिरहेको जनाएको छ। साथै, मरिसस, सेसेल्स, माल्दिभ्स र श्रीलंकासँग द्विपक्षीय श्रम सम्झौताका लागि छलफल भइरहेको छ। नयाँ गन्तव्यमा पठाउँदा रोजगारदाताले नै सम्पूर्ण लागत व्यहोर्ने र श्रमिकको मानव अधिकारको ग्यारेन्टी हुने सर्तलाई सरकारले प्राथमिकतामा राखेको छ। प्रवक्ता आचार्यका अनुसार अबको वैदेशिक रोजगारी संख्यामा भन्दा गुणस्तरमा केन्द्रित हुनुपर्छ। ‘सय जना अदक्ष श्रमिक पठाएर आउने रेमिट्यान्सभन्दा १० जना उच्च दक्ष श्रमिक पठाएर आउने प्रतिफल देश र व्यक्ति दुवैका लागि फाइदाजनक हुन्छ,’ उनले भनिन्। सरकारले निजी क्षेत्रलाई पनि परम्परागत बजारको विकल्प खोज्न र नयाँ गन्तव्यमा रोजगारीका अवसरहरू पहिचान गर्न आग्रह गरेको छ। हालसम्म नेपालले कतार, यूएई, जापान, इजरायल र जर्मनीलगायतका देशसँग श्रम सम्झौता गरिसकेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिँगारिँदै मधेसका छठघाट, सरसफाइ र सजावटमा जुटे स्थानीय (तस्बिरहरु)
Latest NewsJust now

सिँगारिँदै मधेसका छठघाट, सरसफाइ र सजावटमा जुटे स्थानीय (तस्बिरहरु)

सिराहा । आस्थाको महापर्व छठ नजिकिँदा मधेसका विभिन्न नदी, नाला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ । छठपर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउन स्थानीयवासी, युवा... ...

रातोपाटी
डिजिटल विभाजन घटाउन नेपालको पहल
Latest NewsJust now

डिजिटल विभाजन घटाउन नेपालको पहल

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को महासम्मेलन (आइटियु पिपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन्। कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी ...

नेपालन्युज
बैंकिङ क्षेत्रको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्दैछ २ खर्ब
Latest NewsJust now

बैंकिङ क्षेत्रको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्दैछ २ खर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले दुई खर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम २० दिनका लागि खिच्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी कात्तिक २७ गते दुई खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने जनाएको छ । […] ...

लोकपथ
काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै
Latest NewsJust now

काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

पहिलो खेल साढे १२ बजेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play