Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

वैदेशिक रोजगारीका लागि मध्यपूर्व जाने श्रमिकको ढाड सेक्दै हवाई भाडा

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैदेशिक रोजगारीका लागि मध्यपूर्व जाने श्रमिकको ढाड सेक्दै हवाई भाडा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । वैदेशिक रोजगारीका लागि मध्यपूर्वका विभिन्न मुलुक जाने नेपाली श्रमिक हवाई टिकटको अस्वाभाविक मूल्यवृद्धिको मारमा परेका छन् । साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, बहराइन र कुवेत जाने हवाई टिकटको मूल्य पछिल्लो समय उल्लेख्य रूपमा बढेपछि रोजगारीका लागि विदेशिने श्रमिक थप आर्थिक समस्यामा परेका हुन् । सरोकारवालाका अनुसार सामान्य अवस्थामा करिब ३० हजार रुपैयाँ हाराहारीमा उपलब्ध हुने हवाई टिकटको मूल्य अहिले बढेर ७० हजार रुपैयाँसम्म पुगेको छ । यसरी छोटो दूरीका मध्यपूर्वी गन्तव्यमा जाने टिकटको मूल्य दोब्बरभन्दा बढी पुग्दा वैदेशिक रोजगारीमा जानुअघि नै श्रमिकले ठूलो आर्थिक भार व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । हवाई भाडामा भइरहेको वृद्धिको कारण, टिकट वितरण प्रणाली र मूल्य निर्धारण प्रक्रियाको पारदर्शितामाथि समेत प्रश्न उठ्न थालेको छ । विशेषगरी वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि हवाई यात्रा अनिवार्य हुने भएकाले टिकटको मूल्यमा हुने अस्वाभाविक वृद्धिले उनीहरूको विदेशिने लागतसमेत बढाएको छ । यस समस्यालाई सम्बोधन गर्दै श्रमिकलाई राहत दिलाउने उद्देश्यले नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बीच छलफल भएको छ । केही दिनअघि नाट्टाको कार्यालयमा भएको उक्त छलफलमा हवाई भाडा निर्धारण प्रक्रिया, ट्राभल एजेन्सी तथा वायुसेवा कम्पनीहरूको भूमिका, टिकटको उपलब्धता र बजारमा देखिएको मूल्यवृद्धिबारे विचारविमर्श भएको थियो । छलफलमा हवाई भाडा नियन्त्रण तथा मूल्य निर्धारणमा पारदर्शिता कायम गर्न सरकारको ध्यानाकर्षण गराउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले केन्द्रबिन्दुलाई जानकारी दिए । उनका अनुसार समस्या समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन (बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ्स इन नेपाल (बीएआरएन) तथा सम्बन्धित सरकारी मन्त्रालयलाई औपचारिक पत्राचार गरी आवश्यक छलफल अघि बढाउने तयारी भइरहेको छ । यात्रुको चापका कारण सिट अभाव हुनु स्वभाविक परिस्थिति भएपनि बढी मूल्य तिरेपछि मात्र टिकट उपलब्ध हुने अवस्था स्वीकार्य नहुने अध्यक्ष खत्रीको भनाइ छ । टिकटको वास्तविक उपलब्धता र मूल्य निर्धारणबीच पारदर्शी सम्बन्ध हुनुपर्ने उल्लेख गर्दै उनले श्रमिकलाई अनावश्यक आर्थिक भारबाट जोगाउन सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने बताए । व्यवसायीहरूले हवाई भाडा वृद्धिको दीर्घकालीन समाधानका लागि नेपालका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनुपर्ने मागसमेत गरेका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा उपयोग हुन सके उडान विकल्प विस्तार हुने र हवाई सेवा बजारमा प्रतिस्पर्धा बढ्न सक्ने उनीहरूको अपेक्षा छ । त्यसैगरी, नेपालबाट मध्यपूर्वका विभिन्न गन्तव्यमा करिब तीनदेखि चार घण्टाको उडान दूरीलाई लक्षित गरी बजेट एयरलाइन्स सञ्चालनका लागि अनुकूल वातावरण बनाउनुपर्ने व्यवसायीहरूको माग छ । सस्तो हवाई सेवा सञ्चालनमा आउन सके श्रमिकले तुलनात्मक रूपमा कम मूल्यमा टिकट प्राप्त गर्न सक्ने र महँगो हवाई भाडाको समस्या न्यूनीकरणमा सहयोग पुग्ने उनीहरूको विश्वास छ । तर, हवाई भाडा वृद्धिको वास्तविक कारण पहिचान गर्न टिकट बिक्रीको तथ्यांक, एयरलाइन्सको भाडा संरचना, उडानको माग र आपूर्तिको अवस्था तथा ट्राभल एजेन्सीमार्फत हुने टिकट वितरण प्रणालीको समेत अध्ययन आवश्यक देखिन्छ । केवल छलफल र पत्राचारमा सीमित नभई मूल्य निर्धारण प्रक्रियाको अनुगमन, प्रतिस्पर्धी हवाई सेवाको विस्तार र श्रमिकमैत्री टिकट व्यवस्थापनमा ठोस कदम चाल्नुपर्ने आवश्यकता छ । वैदेशिक रोजगारीबाट मुलुकमा ठूलो मात्रामा विप्रेषण भित्र्याउने श्रमिकहरू विदेश जानुअघि नै महँगो हवाई टिकटको मारमा पर्नु गम्भीर विषय हो । त्यसैले हवाई भाडा वृद्धिको कारणबारे सरकारी निकायले तथ्यमा आधारित अध्ययन गरी आवश्यक नियमन र सहजीकरण गर्न सके मात्र श्रमिकले वास्तविक राहत पाउनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालसँग भारतले मागेको हवाई रुट चीनसँग सम्बन्धित रहेको एसडी मुनीको दाबी
Latest NewsJust now

नेपालसँग भारतले मागेको हवाई रुट चीनसँग सम्बन्धित रहेको एसडी मुनीको दाबी

नेपालबारे चासो राख्ने भारतीय कुटनीतिक मामिला विज्ञ प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण वाचा र प्रस्तुतिका हिसाबले उत्कृष्ट रहेको तर कुनै ब्रेकथ्रु हुन नसकेको बताएका छन्। नेपालले मुख्य चासोको रुपमा उठाएको हवाई रुटका सम्बन्धमा मुनीले नयाँ कुरा सार्वजनिक गरेका छन्।  भारतले बागडोगराका लागि नेपाली आकाश प्रयोगको अनुमति माग्ने कुरा चीनसँ... ...

नेपालखबर
बालेनको भारत भ्रमणमा ठोस उपलब्धि भएन : एसडी मुनी
Latest NewsJust now

बालेनको भारत भ्रमणमा ठोस उपलब्धि भएन : एसडी मुनी

काठमाडौँ । भारतीय प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणमा ठोस उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार एक्समा पोस्ट गर्दै मुनीले बालेनको भ्रमणमा देखावटी पक्ष र... ...

रातोपाटी
सरकारले खारेज गर्दैछ १५ पुराना ऐन, करसम्बन्धी कानुन पनि संशोधन गरिने
Latest NewsJust now

सरकारले खारेज गर्दैछ १५ पुराना ऐन, करसम्बन्धी कानुन पनि संशोधन गरिने

काठमाडौं । सरकारले अर्थतन्त्रमा बाधा पुर्‍याइरहेका पुराना र असान्दर्भिक १५ वटा ऐन खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । नयाँ कानुन थपिँदै जाने तर पुराना कानुन हटाउन ढिलाइ हुँदा व्यवसाय र लगानीमा समस्या परेको भन्दै सरकारले यस्तो तयारी गरेको हो । मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ […] ...

लोकपथ
मनकामना हिलक्रेस्ट रिसोर्टको १ वर्ष पूरा
Latest NewsJust now

मनकामना हिलक्रेस्ट रिसोर्टको १ वर्ष पूरा

चितवन को-इ समूहअन्तर्गतको रिसोर्ट्स बाई मनकामना केबलकार प्रा.लि. द्वारा स्वामित्व तथा सञ्चालित र मनकामनाको पहिलो लक्जरी होटल मनकामना हिलक्रेस्ट रिसोर्ट आफ्नो पहिलो वर्षको सफल सञ्चालन पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।  मनकामनामा सुविधासम्पन्न र  आरामदायी बसाइको अनुभव प्रदान गर्दै यस क्षेत्रलाई तीर्थाटनसँगै र त्योभन्दा परको एक आकर्षक गन्तव्यका रूपमा स्थापित गर्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement