Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

वेल्समाथि पोर्चुगलको रोमाञ्चक जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
वेल्समाथि पोर्चुगलको रोमाञ्चक जित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा वेल्सलाई ३–२ गोलले पराजित गरेको छ । कार्डिफस्थित कार्डिफ सिटी रंगशालामा भएको रोमाञ्चक खेलमा पोर्चुगलले पुनरागमन गर्दै जित निकालेको हो । खेलमा पोर्चुगलका ब्रुनो फर्नान्डेसले ११औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटपछि नै वेल्सका डेभिड ब्रुक्सले गोल गर्दै खेल बराबरीमा ल्याए । वेल्सका सोर्बा थोमसले ४०औँ मिनेटमा गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । पोर्चुगलका पेड्रो नेटोले ४३औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । दोस्रो हाफमा दुवै टोलीले अग्रता लिने प्रयास गरे पनि पोर्चुगलका कार्लोस फोर्ब्सले ७०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई ३–२ को जित दिलाएका थिए । पोर्चुगलका पेड्रो नेटोले ७४औँ मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिनुपरेको थियो । त्यसपछि पोर्चुगल १० खेलाडीमा सीमित भए पनि वेल्सले बराबरी गोल गर्न सकेन । यस जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले समूह चरणका ६ खेलमध्ये पाँचमा जित निकाल्दै १५ अंक जोडेको छ । वेल्स भने समूहको अन्तिम स्थानमा रहँदै प्रतियोगिताको समूह चरण टुंग्याएको छ । The post वेल्समाथि पोर्चुगलको रोमाञ्चक जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२५ वर्ष कैद सजाय तोकिएकी फरार महिला प्रतिवादी पक्राउ
Latest NewsJust now

२५ वर्ष कैद सजाय तोकिएकी फरार महिला प्रतिवादी पक्राउ

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, मङ्सिर २ गते । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएकी एक फरार महिलालाई पश्चिम नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला... ...

गोरखापत्र
पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
Latest NewsJust now

पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

अन्ताल्या । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न प्रस्ताव गरेको छ । त्यसको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप–३१ को निर्णय मस्यौदामा नेपालले तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र र हिमनदीमा निर्भर समुदायले भोगिरहेका जोखिम सम्बोधन गर्ने उद्देश्यले कोप–३१ को अध्यक्षताको परामर्शमा तयार गरिएको निर्णय मस्यौदामा छुट्टै ...

केन्द्रबिन्दु
कम्बोडियामा एक हजार वर्ष पुरानो मन्दिरको पुनर्निर्माण सम्पन्न
Latest NewsJust now

कम्बोडियामा एक हजार वर्ष पुरानो मन्दिरको पुनर्निर्माण सम्पन्न

एजेन्सी । कम्बोडियाको प्रसिद्ध अङ्कोर पुरातात्विक क्षेत्रमा रहेको करिव एक हजार वर्ष पुरानो वेस्ट मेबोन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत अङ्कोर क्षेत्रमा रहेको उक्त मन्दिरको १४ वर्ष लामो पुनर्निर्माण परियोजना पूरा भएपछि उद्घाटन गरिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको मन्दिरको संरक्षण र पुनस्र्थापनाका लागि लामो समयदेखि काम […] ...

मकालु खबर
ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएसँगै २६ वर्षपछि अमेरिकाले गुमायो दादुरामुक्त हैसियत
Latest NewsJust now

ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएसँगै २६ वर्षपछि अमेरिकाले गुमायो दादुरामुक्त हैसियत

Getty Images संयुक्त राज्य अमेरिकामा एमएमआर खोप लगाउने दर ९२.४ प्रतिशतमा झरेको छ संयुक्त राज्य अमेरिकाले तीन दशक यताको सर्वाधिक ठूलो दादुरा सङ्क्रमण सामना गरेपछि उसले औपचारिक रूपमा नै उक्त घातक रोग ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play