वेमोले पायो क्यानडामा सेवा विस्तार गर्ने अनुमति

अल्फाबेटको स्वचालित रूपमा चल्ने कारसम्बन्धी एकाइ वेमोले क्यानडाको ओन्टारियो प्रान्तको स्वचालित सवारीसाधन परीक्षण कार्यक्रममा सहभागी हुन अनुमति पाएपछि आफ्नो सेवा क्यानडामा विस्तार गर्ने भएको छ। तर कम्पनीले तत्कालै रोबोट्याक्सी सेवा सुरु गर्न लागेको भने होइन। वेमोले नयाँ सहरमा सेवा विस्तार गर्दा सामान्यतया एउटै प्रक्रिया अपनाउने गरेको छ। यसअन्तर्गत सुरुमा सवारीसाधन आफैँ चलाएर सडकको नक्साङ्कन गरिन्छ, त्यसपछि परीक्षण गरिन्छ र अन्त्यमा व्यावसायिक सेवा सञ्चालन गरिन्छ। वेमोले शुक्रबार आफ्नो ब्लग पोस्टमार्फत टोरन्टोका सडक सञ्जालको उच्च विवरणयुक्त नक्सा तयार पार्न आफ्ना स्वचालित सवारीसाधन मानिसले चलाउने जनाएको छ। त्यसपछि कम्पनीले सार्वजनिक सडकमा सवारीसाधनको परीक्षण गर्नेछ, जसमा सुरक्षाका लागि एक जना चालक पनि सवार हुनेछन्। पछि ती चालकलाई चालकको सिटबाट हटाइनेछ र त्यसपछि कम्पनीले सर्वसाधारणलाई आफ्नो रोबोट्याक्सीमा यात्रा गर्ने अवसर दिनेछ। क्यानडामा वेमोको विस्तार नयाँ बजारमा तीव्र गतिमा सेवा विस्तार गर्ने कम्पनीको योजनाको एक हिस्सा हो। दुई वर्षअघि कम्पनीले केवल तीनवटा बजारमा व्यावसायिक सेवा सञ्चालन गरिरहेको थियो र त्यसका रोबोट्याक्सीले राजमार्गमा समेत यात्रा गर्न थालेका थिएनन्। टेकक्रञ्चका अनुसार कम्पनीले सन् २०२५ को मार्चमा अस्टिनमा सेवा विस्तार गर्दै नयाँ बजारमा प्रवेश गरेको थियो। त्यसपछि एटलान्टामा पनि विस्तार गरिएको थियो। अहिले कम्पनीले अमेरिकाका १५ सहरमा रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ भने लन्डन र टोकियोमा पनि परीक्षण गरिरहेको छ। कम्पनीकी सहप्रमुख कार्यकारी अधिकृत टेकेद्रा मावाकानाले क्यानडामा विस्तार हुनु कम्पनीको विश्वव्यापी यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताइन्। टोरन्टो वेमोले अहिलेसम्म सेवा सञ्चालन गर्न खोजेका सहरमध्ये सबैभन्दा उत्तरी र सम्भवतः सबैभन्दा बढी जाडो हुने सहर पनि हो। त्यसैले यहाँको मौसम र वातावरणले कम्पनीको स्वचालित सवारीसाधन प्रविधि तथा सञ्चालन क्षमताको परीक्षण गर्नेछ। तीव्र विस्तार रणनीतिअन्तर्गत वेमोले प्रत्येक सहरमा आफ्नो सवारीसाधनको व्यवस्थापन गर्न तेस्रो पक्षका कम्पनीसँग साझेदारी गर्न थालेको छ। टोरन्टोमा पनि कम्पनीले स्थानीय कम्पनी एलिमेन्ट फ्लीट म्यानेजमेन्टसँग साझेदारी गरेको जनाएको छ। यस साझेदारीबाट सवारीसाधनको मर्मतसम्भार, परीक्षणका लागि सवारी चलाउने, ग्राहक सेवा र सञ्चालनजस्ता क्षेत्रमा सयौँ रोजगारीलाई सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। The post वेमोले पायो क्यानडामा सेवा विस्तार गर्ने अनुमति appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

पाकिस्तानको सूचना प्रविधि निर्यात सेप्टेम्बरमा १८ प्रतिशतले वृद्धि
पाकिस्तानको सूचना प्रविधि (आइटी) तथा प्राविधिक क्षेत्रको निर्यात सन् २०२६ को सेप्टेम्बरमा गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेर ४३ करोड ५० लाख अमेरिकी डलर पुगेको छ। यो हालसम्मकै दोस्रो उच्च मासिक निर्यात हो। अर्थमन्त्रीका सल्लाहकार खुर्रम शहजादले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको विवरणअनुसार, सेप्टेम्बरको निर्यात सन् २०२५ को डिसेम्बरमा कायम भएको ४३ करोड ७० लाख डलरको कीर्तिमानी स्तरभन्दा ...

विराटनगर किङ्सको अफिसियल होम पार्टनर बन्यो बागमती प्लास्टिक, सम्झौता पत्रमा हस्ताक्षर
२ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ । साझेदारीसम्बन्धी विराटनगरमा आइतबार भएको सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका मालिक पारस लुनियाले खेलकुदले मानिसलाई […] The post विराटनगर किङ्सको ...

भारतीय फिल्म ‘उड्ता तीर’ नेपालमा प्रतिबन्धित: मन्त्रालयले देखायो यस्तो कारण
२ कात्तिक, काठमाडौं। सरकारले भारतीय फिल्म ‘उड्ता तिर’ लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै चलचित्रलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकिने जनाएको हो । मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरकलाई पठाएको पत्रमा निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ […] The post भारतीय फिल्म ...


