Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो
Photo / Coverage: केन्द्रबिन्दु

वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि असोजसम्ममा चामल, मकै, गहुँ, धान, माल्ट, फापर, कोदोलगायत खाद्यान्न तीन करोड १६ लाख ४० हजार किलो आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो । चामल आयातको मूल्यसमेत अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर चालु आवमा ७० करोड रुपैयाँमा झरेको छ । धान आयातमा पनि उल्लेख्य कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ । धान आयातको मूल्य अघिल्लो वर्ष एक अर्ब ४६ करोड २८ लाख रुपैयाँ रहेकामा चालु आवमा घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, मकै आयात पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा तीन करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकामा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको छ । मकै आयातको मूल्यसमेत अघिल्लो वर्षको एक अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आवको सोही अवधिमा घटेर १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको भन्सार कार्यालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहेँलपुर तोरीबारी
Latest NewsJust now

पहेँलपुर तोरीबारी

काभ्रेपलान्चोकको पनौती नगरपालिका–९ स्थित सुनथानमा फुलेर पहेँलपुर बनेको तोरीबारी। ...

हाम्राकुरा
साउदीको दुःख भुल्न गाउँमै उद्यम : २५ रोपनीमा लटरम्म किवी
Latest NewsJust now

साउदीको दुःख भुल्न गाउँमै उद्यम : २५ रोपनीमा लटरम्म किवी

बागलुङ । बसाइँसराइले गाउँ सुनसानप्रायः छ । वरपरका टोल र छिमेकी पनि गाउँ छाडेर सहर झर्न थालेका छन् । तर, बागलुङको जैमिनी नगरपालिका–२, दमेकका मातृकाप्रसाद शर्मा भने गाउँमै अडिएका छन् । साउदी... ...

रातोपाटी
खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद
Latest NewsJust now

खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

सिरहा । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान खोलाको बीचमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play