काठमाडौं । तिहारमा भाइ मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका चकलेट तथा अवैध रूपमा भण्डारण गरिएका पटाकाजन्य विस्फोटक पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने २९ वर्षीय रमनकुमार पटेल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–६ तिनचुली चोकस्थित एक घरमा पटेलले अवैध रूपमा पटाका सञ्चय गरी राखेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका पटेलको साथबाट विभिन्न ब्रान्डका पटाकाजन्य विस्फोटक पदार्थ बरामद गरिएको छ । प्रहरीले पेन्टा स्काइ फ्ल्यास लेखिएको झिरझिरे ४३ प्याकेट, कोलोरकोट लेखिएको झिरझिरे ३९ प्याकेट, सिल्भर टोरलोचर १० प्याकेट, बाजाजिस ४१ प्याकेट, गिलिट्टेर रैन पाँच प्याकेट, लण्डन डम्स १५ प्याकेट, क्रेकिलिङ ९५ प्याकेट, पप पप सेनुनिन २१ प्याकेट, मोरि १३८ प्याकेट, स्पाइनर बोम्स १० प्याकेट तथा क्लासिक बोम्स १० प्याकेट बरामद गरेको जनाएको छ । तिहारका लागि भाइ मसला बनाउन प्रयोग गरिने म्याद गुज्रिएका चकलेटसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका पटेलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । The post विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

Read Complete Original Article
Published originally on कर्पोरट खबर






