काठमाडौं। विश्व मधुमेह दिवसको अवसरमा नेपाल मधुमेही समाजले शनिबार काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। शिविरमा मधुमेहसम्बन्धी रक्त परीक्षण, रक्तचाप परीक्षण, अक्सिजनको मात्रा (एसपीओटु) मापन तथा मिर्गौलासम्बन्धी रक्त परीक्षण गरिएको समाजले जनाएको छ। त्यसैगरी, मधुमेहका कारण आँखामा पर्न सक्ने असर पहिचान गर्न डायबेटिक रेटिनोप्याथी परीक्षण तथा खुट्टाको स्नायुमा पर्ने असर पहिचान गर्न डायबेटिक न्युरोप्याथी परीक्षणसमेत गरिएको थियो। शिविरमा वरिष्ठ चिकित्सकहरूबाट सहभागीलाई स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध गराइएको समाजले जनाएको छ। कार्यक्रमअन्तर्गत आयोजित प्रभातफेरीमार्फत मधुमेहको जोखिम, समयमै परीक्षण, नियमित स्वास्थ्य जाँच, स्वस्थ जीवनशैली र रोग नियन्त्रणका उपायबारे जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो। मधुमेहको समयमै पहिचान, नियमित परीक्षण तथा उचित उपचारको महत्त्व जनसमुदायसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। शिविरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






