Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं ११औँ स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं ११औँ स्थानमा
Photo / Coverage: नेपालन्युज

काठमाडौं। वायु प्रदूषणको अवस्थालाई लिएर गरिएका पछिल्ला मापनहरूमा काठमाडौं विश्वका प्रदूषित सहरहरूको सूचीमा ११औँ स्थानमा परेको छ। आईक्यूएयरले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५८ पुगेको छ। यो सूचकांकलाई स्वास्थ्यका दृष्टिकोणले अस्वस्थकर मानिन्छ। वायु गुणस्तरको यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई थप सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। आईक्यूएयरको सोही तथ्यांकअनुसार पाकिस्तानको लाहोर २७० एक्यूआईसहित विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा छ। त्यस्तै, बंगलादेशको ढाका २१९ एक्यूआईसहित दोस्रो, भारतको कोलकाता १९८ एक्यूआईसहित तेस्रो र अफगानिस्तानको काबुल १८४ एक्यूआईसहित चौथो स्थानमा रहेका छन्। सूचीमा भारतको दिल्ली पाँचौँ, इन्डोनेसियाको जकार्ता छैटौँ र पाकिस्तानको कराँची दसौँ स्थानमा छन्। बुधबार बिहान ५ देखि ६ बजेसम्मको तथ्यांकका आधारमा यो सूची तयार पारिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२५ वर्ष कैद सजाय तोकिएकी फरार महिला प्रतिवादी पक्राउ
Latest NewsJust now

२५ वर्ष कैद सजाय तोकिएकी फरार महिला प्रतिवादी पक्राउ

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, मङ्सिर २ गते । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएकी एक फरार महिलालाई पश्चिम नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला... ...

गोरखापत्र
पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
Latest NewsJust now

पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

अन्ताल्या । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न प्रस्ताव गरेको छ । त्यसको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप–३१ को निर्णय मस्यौदामा नेपालले तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र र हिमनदीमा निर्भर समुदायले भोगिरहेका जोखिम सम्बोधन गर्ने उद्देश्यले कोप–३१ को अध्यक्षताको परामर्शमा तयार गरिएको निर्णय मस्यौदामा छुट्टै ...

केन्द्रबिन्दु
कम्बोडियामा एक हजार वर्ष पुरानो मन्दिरको पुनर्निर्माण सम्पन्न
Latest NewsJust now

कम्बोडियामा एक हजार वर्ष पुरानो मन्दिरको पुनर्निर्माण सम्पन्न

एजेन्सी । कम्बोडियाको प्रसिद्ध अङ्कोर पुरातात्विक क्षेत्रमा रहेको करिव एक हजार वर्ष पुरानो वेस्ट मेबोन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत अङ्कोर क्षेत्रमा रहेको उक्त मन्दिरको १४ वर्ष लामो पुनर्निर्माण परियोजना पूरा भएपछि उद्घाटन गरिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको मन्दिरको संरक्षण र पुनस्र्थापनाका लागि लामो समयदेखि काम […] ...

मकालु खबर
ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएसँगै २६ वर्षपछि अमेरिकाले गुमायो दादुरामुक्त हैसियत
Latest NewsJust now

ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएसँगै २६ वर्षपछि अमेरिकाले गुमायो दादुरामुक्त हैसियत

Getty Images संयुक्त राज्य अमेरिकामा एमएमआर खोप लगाउने दर ९२.४ प्रतिशतमा झरेको छ संयुक्त राज्य अमेरिकाले तीन दशक यताको सर्वाधिक ठूलो दादुरा सङ्क्रमण सामना गरेपछि उसले औपचारिक रूपमा नै उक्त घातक रोग ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play