Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म खेलाइने

विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म खेलाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म खेलाइने

काठमाडौं । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ। प्रतियोगितामा विश्वकप लिग–२ को पुछारमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिताबाट शीर्ष चारमा पर्ने टोलीले सन् २०२७ को विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। हालसम्म नेपाल, क्यानडा, यूएई, इटाली र युगान्डाले प्लेअफमा स्थान पक्का गरिसकेका छन्। च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट हुने निश्चित भएको छ भने कुवेतको स्थान पनि लगभग पक्का भएको छ। लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोली प्लेअफमा आउनेछ। नेपालमा विश्वकप छनोट प्लेअफ आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ। क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको समन्वय र सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ। The post विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म खेलाइने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

हानि–नोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
ताजा खबरJust now

हानि–नोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं।जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानि–नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव एवम् जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ...

नेपालन्युज
अन्तर्राष्ट्रिय मञ्चमा सफल जलवायु कूटनीति: भोटेकोशी-त्रिशूली बाढी पीडितलाई ३ अर्ब सहायता स्वीकृत
ताजा खबरJust now

अन्तर्राष्ट्रिय मञ्चमा सफल जलवायु कूटनीति: भोटेकोशी-त्रिशूली बाढी पीडितलाई ३ अर्ब सहायता स्वीकृत

भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले अघि बढाएको कूटनीतिक पहलले सफलता पाएको छ। अन्तर्राष्ट्रिय ‘हानि नोक्सानी कोष’ (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले बाढी प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्निर्माणका लागि नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) आर्थिक सहायता दिने निर्णय गरेको छ। बिहीबार बसेको कोषको विशेष बोर्ड […] ...

समयपोष्ट
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
ताजा खबरJust now

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। ... ...

नेपालखबर
मंगलरबारदेखि ७ दिनसम्म वर्षा हुने हल्लाबारे यसो भन्छन् मौसम महाशाखाका मौसमविद्
ताजा खबरJust now

मंगलरबारदेखि ७ दिनसम्म वर्षा हुने हल्लाबारे यसो भन्छन् मौसम महाशाखाका मौसमविद्

आगामी मंगरबारदेखि मुलुकका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित हुन नपर्ने नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई संकेत गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन्।  ‘आगामी... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play