राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निशा र मुकुलले बिहीबार विवाह गरेका हुन् । उनीहरूले लामो समयदेखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका हुन् । मुकुलको घर विराटनगर र निशाको घर झापामा रहेको छ । विवाहका लागि मुकुल विराटनगरबाट जन्ती लिएर झापा पुगेका थिए । निशा र मुकुलको सम्बन्धबारे रास्वपाभित्र पनि बेलाबेला चर्चा हुने गरेको थियो । पार्टीमा रहँदा उनीहरूको सम्बन्ध चर्चामा आउने गरे पनि दुवैले आफ्नो प्रेम सम्बन्धलाई निरन्तरता दिएका थिए । पार्टी नेतृत्वसँग असहमति जनाउँदै विद्रोह गरेका मुकुललाई पछि रास्वपाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । उनी अहिले पार्टीमा आबद्ध छैनन् । निशा भने रास्वपाकी सहमहामन्त्रीका साथै प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा छिन् । राजनीतिक उतारचढाव र पार्टीभित्रको विवादका बाबजुद पनि आफ्नो प्रेम सम्बन्धलाई निरन्तरता दिएका उनीहरूले अन्ततः विवाहमार्फत नयाँ जीवनको सुरुवात गरेका छन् ।
विवाह बन्धनमा बाँधिए रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल

Read Complete Original Article
Published originally on पर्दाफास






