Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

विराटनगर पराजित भएपछि लुम्बिनी सहित प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगर पराजित भएपछि लुम्बिनी सहित प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्यो
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २८। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सको यात्रा समूह चरणमै समाप्त भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगर प्लेअफ दौडबाट बाहिरिएको हो। यससँगै प्रतियोगिताको प्लेअफमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्। यता पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्सको यात्रा भने समूह चरणमै सीमित भएको छ। विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा ओपनर डार्सी शर्ट र आसिफ शेखले समान ४५ रनको योगदान दिए। त्यस्तै अलि शेखले २७ रन बनाउँदा सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै अविजित २५ रन जोडे। ११ बलको सामना गरेका जोराले ३ छक्का र १ चौका प्रहार गरे। अन्तिम ओभरमा रुवेन ट्रम्पलमानले छक्का प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए। बलिङतर्फ विराटनगरका अपराजित पौडेलले सर्वाधिक २ विकेट लिए। चरिथ असलंका र रुपेश सिंहले समान १ विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। विराटनगरका लागि चरिथ असलंकाले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ४३ बलमा ६ छक्का र १ चौकासहित ६४ रन बनाए। शुभम रञ्जानेले अविजित ३१ रनको योगदान दिए भने इमरान शेखले २४ र लोकेश बमले १५ रन जोडे। २४ रन बनाएका इमरान रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए। लुम्बिनीका बलरमध्ये किशोर महतोले २ विकेट लिए भने अभिशेष गौतम र रुवेन ट्रम्पलमानले समान १ विकेट हात पारे। लुम्बिनीसँगको हारसँगै विराटनगरको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ भने लुम्बिनीले महत्त्वपूर्ण जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेसमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मङ्सिर ४ गतेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
PoliticsJust now

मधेसमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मङ्सिर ४ गतेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

जनकपुरधाम, कात्तिक २८ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई आफ्नो दाबी पेस गर्न आह्वान गरेको छ। मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिनुभएको राजीनामा ...

जनताटाइम्स
एनपिएलको प्लेअफ समीकरण पूरा : लुम्बिनी, सुदूरपश्चिम, काठमाण्डू र चितवन प्लेअफमा
PoliticsJust now

एनपिएलको प्लेअफ समीकरण पूरा : लुम्बिनी, सुदूरपश्चिम, काठमाण्डू र चितवन प्लेअफमा

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को प्लेअफ समीकरण पूरा भएको छ । प्रतियोगितामा सहभागी आठ टोलीमध्ये चार टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका छन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका हुन् । शनिबार विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेसँगै लुम्बिनीले शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको छ । यो जितसँगै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लिएको ...

फरकधार
एनपिएलबाट बाहिरियो विराटनगर, शीर्ष दुईमा लुम्बिनीको स्थान पक्का
PoliticsJust now

एनपिएलबाट बाहिरियो विराटनगर, शीर्ष दुईमा लुम्बिनीको स्थान पक्का

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा लुम्बिनी लायन्सले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै शीर्ष दुईमा स्थान पक्का गरेको छ । विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेसँगै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले दिएको १ सय ६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा सन्दीप जोराले २५ ...

फरकधार
सरकार र पार्टीका बिच मतभेद छैन, मधेशमा परिवर्तनको अनुभूति गराउन नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि लामिछाने
PoliticsJust now

सरकार र पार्टीका बिच मतभेद छैन, मधेशमा परिवर्तनको अनुभूति गराउन नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि लामिछाने

काठमाडौं, कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेसका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तनको अनुभूति गराउन नसके आगामी निर्वाचनमा आफू भोट माग्न नआउने घोषणा गर्नुभएको छ । शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका सभापति लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै मधेशका जनताले पार्टीप्रति देखाएको आशा, भरोसा र विश्वासलाई निराशामा परिणत हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटक मधेशका जनताले हामीलाई ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play