काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो । विराटनगरका लागि चारिथ असलंकाले सर्वाधिक ६४ रन बनाए । उनले ४३ बलमा एक चौका र ६ छक्का प्रहार गरे। असलंकाले शुभम रञ्जानेसँग दोस्रो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए। रञ्जानेले ३१ रन बनाए । लोकेश बमले १७ बलमा दुई चौकासहित १५ रन बनाएर पहिलो विकेटका रूपमा आउट भए । इमरान शेखले २४ रन बनाउँदा तिघ्रामा समस्या आएपछि १०.२ ओभरमा रिटायर्ड हर्ट भए । उनले असलंकासँग ३३ रनको साझेदारी गरेका थिए। लर वसिर अहमद ६ रनमा अविजित रहे । लुम्बिनीका किशोर महतोले दुई विकेट लिए भने अभिषेक गौतम र रुबेन ट्रम्पलमेनले एक–एक विकेट लिए । लुम्बिनी लायन्स एक खेल अगावै प्लेअफमा पुगिसकेको छ । ६ खेलमा चार जित, एक हार र एक खेलमा अङ्क बाँड्दै ९ अङ्क जोडेको लुम्बिनी तालिकाको दोस्रो स्थानमा छ। समान खेलमा तीन जित र तीन हार बेहोरेको विराटनगर ६ अङ्कसहित पाँचौँ स्थानमा छ । The post विराटनगर किंग्सले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
विराटनगर किंग्सले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

Read Complete Original Article
Published originally on कर्पोरट खबर





