Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

विराटनगरविरुद्ध पोखरा १३२ रनमै अलआउट, सन्दीपले लिए ६ विकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरविरुद्ध पोखरा १३२ रनमै अलआउट, सन्दीपले लिए ६ विकेट
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । विराटनगर किंंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३३ रनमा समेटिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भयो। पोखरालाई कम स्कोरमा रोक्न सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए। आफ्नो टी–२० करियरको उत्कृष्ट बलिङ गरेका सन्दीपले जारी एनपीएलमा पहिलो ह्याट्रिक गरेका हुन्। सन्दीपले १५औँ ओभरमा ह्याट्रिक विकेट लिएका थिए। १५औँ ओभरको तेस्रो बलमा युवराज शर्मा, चौथो बलमा चमिका करुणारत्ने र पाचौँ बलमा किरण ठगुन्नालाई पेभेलियनको बाटो देखाउँदै सन्दीपले ह्याट्रिक विकेट लिएका थिए। उनले आफ्नो स्पेलमा २७ रन खर्चेर ६ विकेट आफ्नो नाममा गरे। त्यसअघि ११औँ ओभरको दोस्रो बलमा सन्नी विके र चौथो बलमा रमेश मेन्डिसलाई आउट गरेका थिए। सातौँ ओभरको दोस्रो बलमा अर्जुन घर्तीलाई आउट गराएका थिए। सन्दीपले यसअघि कर्णाली याक्ससँग एक विकेट मात्र लिएका थिए। एगेंलो म्याथुस, रुपेश सिंह र चरिथ असंलकाले समान एक विकेट आफ्नो नाममा गरे। पोखराका लागि ओपनर युवराज शर्माले सर्वाधिक ८४ रनको योगदान दिए। उनले ४७ बलमा सात चौका र पाँच छक्का सहयोगमा ८४ रन बनाउँदा सन्दीपको बलमा उडानाको हातबाट क्याच आउट भए। धनन्जय लक्षण २२ रनमा रनआउट भए। सन्नी विकेले १२ रन थपे। पोखराका अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। The post विराटनगरविरुद्ध पोखरा १३२ रनमै अलआउट, सन्दीपले लिए ६ विकेट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो’
Latest NewsJust now

‘हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो’

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानद्ववारा संयुक्त रूपमा आयोजित ‘एड्भान्सिङ द माउन्टेन एजेन्डास् ग्लेसियर्स, क्रायोस्फियर एन्ड रिजिलियन्स अन्डर ओभरसुट, शेयर्ड रिस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिमालमा देखिएको […] ...

लोकपथ
एनपीएलको लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगर दोस्रो स्थानमा उक्लियो
Latest NewsJust now

एनपीएलको लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगर दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको छ । पोखराले दिएको १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर २ बलमा... ...

रातोपाटी
मातृत्वको भारी मूल्य : बच्चा जन्माएको २० वर्षपछि पनि किन घट्दैन महिलाको पीडा ?
Latest NewsJust now

मातृत्वको भारी मूल्य : बच्चा जन्माएको २० वर्षपछि पनि किन घट्दैन महिलाको पीडा ?

पिसाब तथा दिसा नियन्त्रण गर्न नसक्नेदेखि लिएर दीर्घकालीन शारीरिक दुखाइ र मानसिक आघातजस्ता स्वास्थ्य समस्यासँग बच्चा जन्माएको वर्षौँपछि पनि लाखौँ महिला निरन्तर संघर्ष गरिरहेका छन् । बच्चा जन्माउने क्रममा महिलाको ज्यान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play