Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

विभागको निर्देशनपछि मिठाई पसलमा लेबल राख्न थालियो, १७९ पसलले गरे कार्यान्वयन

Share:WhatsAppFacebookX (Twitter)Telegram
विभागको निर्देशनपछि मिठाई पसलमा लेबल राख्न थालियो, १७९ पसलले गरे कार्यान्वयन
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशनअनुसार मिठाईको सोकेशमा बिक्रीका लागि राखिएका मिठाईको विवरण खुल्ने लेबल राख्न थालिएको छ। विभागले जारी गरेको निर्देशन कार्यान्वयन गर्दै हालसम्म देशभरका १७९ मिठाई पसल तथा भण्डारले सोकेशमा अनिवार्य विवरणसहितको लेबल राख्न सुरु गरेका छन्। विभागका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षण गर्ने उद्देश्यले २०८३ कात्तिक ११ गतेदेखि लागू हुने गरी मिठाई व्यवसायीहरूलाई यस्तो निर्देशन जारी गरिएको हो। निर्देशनअनुसार मिठाई व्यवसायीले बिक्रीका लागि राखेका मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ तथा मिश्रण, कुन तेल वा घिउमा तयार गरिएको हो, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। यी विवरण मिठाई राखिएको सोकेश वा काउन्टरमा सबै ग्राहकले सहजै देख्न सक्ने गरी राख्नुपर्ने विभागले जनाएको छ। यसबाट उपभोक्ताले आफूले खरिद गर्न लागेको मिठाईमा प्रयोग भएका सामग्री, उपभोग गर्न मिल्ने अवधि र मूल्यबारे जानकारी पाउनेछन्। विभागले कात्तिक १७ गतेसम्म मातहतका कार्यालयहरूबाट प्राप्त विवरणअनुसार देशभरका १७९ मिठाई पसल तथा भण्डारले निर्देशन कार्यान्वयन गरिसकेको जनाएको छ। बाँकी व्यवसायी पनि नयाँ व्यवस्था कार्यान्वयन गर्ने प्रक्रियामा रहेको विभागको भनाइ छ। विभागले कार्यान्वयन गर्ने व्यवसायहरूको नाम तथा विवरण सार्वजनिक गर्ने र थप व्यवसायले व्यवस्था लागू गर्दै गएपछि अद्यावधिक सूची पुनः प्रकाशन गर्ने जनाएको छ। विभागले निर्देशन पालना नगर्ने व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ। साथै, विभाग वा मातहतका कार्यालयबाट व्यवसायको खाद्य स्वच्छताको अवस्थाका आधारमा स्तरीकरण गरी ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि आग्रह गरिएको छ। नयाँ व्यवस्थाले मिठाईको गुणस्तर, प्रयोग भएका सामग्री, उपभोग अवधि र मूल्यबारे उपभोक्तालाई बिक्रीस्थलमै जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सफा आकाशमा कसरी ठोकिए दुई हेलिकोप्टर ?
Latest NewsJust now

सफा आकाशमा कसरी ठोकिए दुई हेलिकोप्टर ?

सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा मंगलबार दुई हेलिकोप्टर आकाशमा ठोकिएर भएको दुर्घटनाले पाइलटबीचको सञ्चार, समन्वय र ‘सिचुएसनल अवेयरनेस’ माथि प्रश्न उठाएको छ । ...

कान्तिपुर
रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा
Latest NewsJust now

रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

गुल्मी, कात्तिक १७ गते । पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ । सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरम... ...

गोरखापत्र
बेल्ट एन्ड रोड यू–१९ सिरिजः नेपालको विजयी सुरुआत
Latest NewsJust now

बेल्ट एन्ड रोड यू–१९ सिरिजः नेपालको विजयी सुरुआत

काठमाडौँ । चीनमा जारी ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुआत गरेको छ । मंगलबार सम्पन्न खेलमा थाइल्यान्डलाई सात विकेटले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुआत... ...

रातोपाटी
जनसांख्यिक लाभ उपयोग गर्न नेपालसँग दुई दशकको अवसर
Latest NewsJust now

जनसांख्यिक लाभ उपयोग गर्न नेपालसँग दुई दशकको अवसर

सन् २०४७ मा नेपालको कार्यशील उमेरको जनसंख्या उच्च बिन्दुमा पुग्ने विश्व बैंकको प्रक्षेपण छ । तर रोजगारी, स्वास्थ्य पूर्वाधार र सामाजिक सुरक्षाका संरचनागत कमजोरीले यो अवसरलाई आर्थिक वृद्धिमा बदल्न चुनौती रहेको प्रतिवेदनले औंल्याएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play