Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विपद्बाट कृषि, पशुपंक्षी, जलचर र जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन हुँदै

विपद्बाट कृषि, पशुपंक्षी, जलचर र जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन हुँदै

10/28/2026, 2:16:53 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्बाट कृषि, पशुपंक्षी, जलचर र जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन हुँदै

काठमाडाैँ । सरकारले विपद्बाट कृषि, पशुपंक्षी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन गरिरहेको जनाएको छ । कृषि तथा वन क्षेत्रको क्षतिको यकिन विवरण तयार गर्न विभिन्न सूचकका आधारमा अध्ययन भइरहेको सरकारले जनाएको हो । कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले विपद्बाट भएको क्षतिको मूल्याङ्कनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेर काम भइरहेको जानकारी दिए । बुधबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले लगाइएको बालीमा भएको क्षति, त्यसको मूल्य, विगतको उत्पादकत्व र चालु वर्षको बजार मूल्यका आधारमा कृषि उपजको क्षति गणना गरिने बताए । उनकाअनुसार बालीमा भएको क्षतिको विवरण उपलब्ध तथ्याङ्कका आधारमा तयार गरिँदैछ । विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कको तुलनात्मक परीक्षण गरी अन्तिम रूप दिइने र क्षतिसम्बन्धी विवरण राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा समावेश गरिनेछ । पशुपंक्षीमा भएको क्षतिको मूल्याङ्कन पनि भइरहेको पनि सचिव मिश्रले बताए । किसानको कृषि सूचीकरणबाट प्राप्त तथ्याङ्कका आधारमा परिवारमा रहेका पशुपंक्षीको सङ्ख्या तथा क्षतिको मूल्याङ्कन गरिने मिश्रले उल्लेख गरे । यसका साथै व्यावसायिक पशुपंक्षी फार्ममा भएको क्षतिको विवरणसमेत सङ्कलन भइरहेको उनले जानकारी दिए । मिश्रकाअनुसार विपद्बाट जलचरमा भएको क्षतिको आर्थिक मूल्याङ्कन अर्को महत्वपूर्ण पक्ष हो । विशेषगरी त्रिशूली करिडोरमा विभिन्न प्रजातिका माछा तथा अन्य जलचरमा परेको असरको अध्ययन भइरहेको छ । कतिपय जलचर प्रजातिको सङ्ख्यामा ठूलो गिरावट आएको वा ती प्रजाति प्रभावित भएको हुन सक्ने भएकाले तिनको पुनःस्थापनामा लाग्ने समयसमेत अध्ययन गर्नुपर्ने उनले बताए । जलचरको क्षतिको आर्थिक मूल्याङ्कन गर्न प्रत्यक्ष तथ्याङ्क उपलब्ध नभएका अवस्थामा वैकल्पिक अनुमान विधिसमेत प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । विपद्बाट बगाएर लगेको खेतीयोग्य जमिनको मूल्याङ्कन पनि भइरहेको छ । हजारौँ वर्षदेखि खेती हुँदै आएको जमिनको क्षति मापन गर्न कठिन हुने उल्लेख गर्दै मिश्रले त्यसको वार्षिक उत्पादकत्वका आधारमा मूल्याङ्कन गर्ने विधि अपनाइने बताए । कति जमिन पूर्ण रूपमा नष्ट भएको छ भन्ने विवरण भने अझै अन्तिम भइनसकेको उनले जानकारी दिए । जैविक विविधतामा परेको असर, प्रजाति लोप हुने सम्भावना तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएको क्षतिको विवरण पनि सङ्कलन भइरहेको सचिव मिश्रको भनाइ छ । मन्त्रालयले कृषि तथा वन क्षेत्रको समग्र क्षति मूल्याङ्कनलाई एकीकृत रूपमा अघि बढाइरहेको र यससम्बन्धी तथ्याङ्क तथा प्रतिवेदन संसदीय विशेष समितिलाई उपलब्ध गराउने मिश्रले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

विपद् प्रभावितको पुनर्स्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै
ताजा खबरJust now

विपद् प्रभावितको पुनर्स्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले विपद् प्रभावित स्थानीय तहलाई पुनर्स्थापना गर्न आवश्यक जग्गा खरिद तथा अधिग्रहण सहज बनाउन कानुन संशोधनका लागि छलफल सुरु गरेको छ। मन्त्रालयका... ...

रातोपाटी
अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार
ताजा खबरJust now

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

काठमाडाैँ। अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार गरेको छ। प्रान्तीय प्रहरी प्रवक्ता मावलवी गुल मोहम्मद कुद्रतले बिहीबार दिएको जानकारीअनुसार ती व्यक्तिलाई बुधबार उद्धार गरिएको हो। संदिग्ध... ...

रातोपाटी
टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
ताजा खबरJust now

टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टपहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ। यसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका २०,३६,१९१ वटा भिडियो हटाएको छ। ...

कर्पोरट खबर
कृषि कर्जा ब्याज अनुदानमा १ करोड ७२ लाख भुक्तानी
ताजा खबरJust now

कृषि कर्जा ब्याज अनुदानमा १ करोड ७२ लाख भुक्तानी

विराटनगर । कोशी प्रदेश सरकारले सञ्चालन गर्दै आएको कृषि कर्जा ब्याज अनुदान कार्यक्रम विस्तार हुँदै गएको छ । कृषि उद्यममा लगानी जुटाउन कठिन भइरहेका कृषकहरूलाई लक्षित गर्दै प्रदेश सरकारले अघि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play