Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

विपद्को सुरुवाती चरणमा लाखौँ सन्देश पठाइए पनि पर्याप्त भएनन्- परराष्ट्रमन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्को सुरुवाती चरणमा लाखौँ सन्देश पठाइए पनि पर्याप्त भएनन्- परराष्ट्रमन्त्री खनाल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को सुरुवाती चरणमा पूर्वसूचना प्रणालीमार्फत लाखौँ मोबाइल सन्देश पठाइए पनि त्यसले सबै समुदायलाई पर्याप्त रूपमा सुरक्षित राख्न नसकेको बताएका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ को सन्दर्भमा आयोजित ‘सबैका लागि पूर्वसूचना : सबैको सुरक्षा गर्ने प्रतिबद्धता कार्यान्वयन’ विषयक उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘विपद्को सुरुवाती समयमा हाम्रो पूर्वसूचना प्रणालीले लाखौँ एसएमएस पठाएको थियो र तल्लो तटीय क्षेत्रका समुदायले स्थानीय स्तरका चेतावनी पनि प्राप्त गरेका थिए। तर त्यो पर्याप्त भएन,’ उनले भने । मन्त्री खनालले विशेषगरी हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली जीवन र मृत्युबीचको महत्त्वपूर्ण आधार भएकाले यसको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए । उनले हिमाली क्षेत्रको जटिल भौगोलिक अवस्थाअनुसार वास्तविक समयको तथ्याङ्क सङ्कलन, भूउपग्रहबाट टाढैबाट गरिने निगरानी तथा हिममण्डलको अनुगमन प्रणाली विस्तार गर्नुपर्ने बताए । त्यसैगरी, स्थानीय भाषा र समुदायले सहजै बुझ्ने माध्यमबाट अन्तिम तहसम्म चेतावनी पुर्‍याउने तथा सम्भावित विपद्अघि नै आवश्यक तयारी र प्रतिकार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । मन्त्री खनालले नेपालले अघि सारेको ‘सगरमाथादेखि समुद्रसम्म’ को अवधारणाअनुरूप सीमापार तथ्याङ्क आदानप्रदान र सहकार्य सुदृढ गर्नुपर्नेमा पनि जोड दिए । उनले जलवायु वित्तलाई सबैको पहुँचमा पुग्ने, नियमित र अनुदानमा आधारित बनाउनुपर्ने उल्लेख गर्दै जलवायु परिवर्तनबाट सिर्जित विपद्का बहुआयामिक असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय एकता र सहकार्य विस्तार गर्नुपर्ने बताए । The post विपद्को सुरुवाती चरणमा लाखौँ सन्देश पठाइए पनि पर्याप्त भएनन्- परराष्ट्रमन्त्री खनाल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन सकिएन, डार्ट टोली फर्कियो
Latest NewsJust now

भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन सकिएन, डार्ट टोली फर्कियो

बोमलाल गिरीनवलपुर, कात्तिक २६ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ भेडीगाउँमा आक्रमण गरी स्थानीयका तीनवटा गाई मारेको बाघ नियन्त्रणमा लिन प्राविधिक टोली असफल भएको छ ।गत कात्ति... ...

गोरखापत्र
छठको तयारी सुरु, काठमाण्डुका १७ स्थानमा मनाइने
Latest NewsJust now

छठको तयारी सुरु, काठमाण्डुका १७ स्थानमा मनाइने

काठमाण्डु – छठ पर्वका लागि काठमाण्डु उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाण्डुमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो । गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व […] ...

काठमाण्डुपाटी
विराटनगरविरुद्ध पोखराको मध्यम सुरुवात, क्रिजमा छन् सामरा
Latest NewsJust now

विराटनगरविरुद्ध पोखराको मध्यम सुरुवात, क्रिजमा छन् सामरा

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले पावरप्लेको समाप्तिमा २ विकेट गुमाएर ४६ रन बनाएको छ। विराटनगर किङ्ग्सविरुद्ध ब्याटिङमा उत्रिएको पोखराले सुरुवातमै आफ्ना दुई महत्त्वपूर्ण ब्याट्सम्यान गुमाउन पुग्यो। ओपनर अर्जुन कुमाल १ रन बनाएर एन्जेलो म्याथ्युजको बलमा आउट भए भने कुशल भुर्तेल खाता नै नखोली चरिथ असालंकाको बलमा एलबीडब्ल्यू आउट भए। सुरुवाती दबाबका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play