विपद्का बेला भारतले गरेको सहयोगप्रति नेपाल आभारी छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा भएका पछिल्ला विपद् तथा सन् २०१५ को विनाशकारी भूकम्पका बेला भारतले गरेको सहयोगको प्रशंसा गरेका छन् । भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वल्र्ड समिट २०२६ अन्तर्गत ‘अ वल्र्ड बिट्विन अर्डर्स’ सत्रमा बोल्दै अर्थमन्त्री वाग्लेले विपद्का बेला भारतले देखाएको तत्परता र सहयोगप्रति नेपाल आभारी रहेको बताएका हुन् । अर्थ मन्त्रालयका अनुसार, कार्यक्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग प्रत्यक्ष संवाद गर्दै वाग्लेले नेपाल–भारत सम्बन्ध र क्षेत्रीय चासोका विषयमा छलफल गरेका थिए । उनले जलवायु परिवर्तनका कारण रसुवा र भोटेकोसी क्षेत्रमा हालै आएको विपद् तथा सन् २०१५ को विनाशकारी भूकम्पका बेला भारतले गरेको सहयोगको स्मरण गरे ।‘नेपालको मन्त्रीको हैसियतमा म के भन्न सक्छु भने, हालैको विपद् र भूकम्प दुवै समयमा पहिलो केही घण्टामै भारत त्यहाँ उपस्थित थियो र हामीलाई असाधारण सहयोग गर्यो,’ उनले भने, ‘यसप्रति नेपाल अत्यन्तै आभारी छ ।’ अर्थमन्त्री वाग्लेले विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपाल, भारतसहित अन्य मुलुकबीच द्विपक्षीय, त्रिपक्षीय तथा उपक्षेत्रीय सहकार्यलाई संस्थागत गर्न सकिने सम्भावनाबारे पनि प्रश्न उठाएका थिए । जवाफमा भारतीय विदेशमन्त्री जयशङ्करले सम्भव भएका क्षेत्रमा औपचारिक संस्थागत संरचनाको महत्त्व कायम रहेको बताए। उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरे । यद्यपि, पछिल्लो समय समान सोच भएका मुलुकबीच आवश्यकताअनुसार सहकार्य गर्ने र ठोस नतिजा दिने पहललाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको पनि उनले बताए । कार्यक्रममा नेपाल–भारत सम्बन्धलाई थप प्रभावकारी बनाउने, क्षेत्रीय सहकार्य विस्तार गर्ने तथा विपद् व्यवस्थापन र स्वच्छ ऊर्जाजस्ता साझा चासोका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको थियो । The post विपद्का बेला भारतले गरेको सहयोगप्रति नेपाल आभारी छ : अर्थमन्त्री वाग्ले appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

सख्या नाच
दाङको घोराही उपमहानगरपालिका–१० स्थित लमडरुवा गाउँमा थारु समुदयमा नाचिने परम्परागत सख्या नाच प्रस्तुत गर्दै थारू समुदायका महिला । ...

घमाइलो मौसममा रमाइलो दसैं
काठमाडौं।दसैं आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैं आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशंका उब्जाएको थियो। कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि ! विगतका दसैंमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा सहज होला भन्नेमा उनी ढुक्क हुन सकेकी थिइनन्। दसैं ...

तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु पुष्टि, ६५ घाइते
तिब्बतमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पपछि १२ हजार ४०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। राहत र उद्धार जारी छ। शुक्रबार बिहानसम्म ४०० भन्दा बढी परकम्प गएको जनाइएको छ। स्थानीय आपत्‌कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै... ...
_qRDrm29r1Q.webp)
भीसीटीएस प्रणाली अस्थायी रुपमा बन्द, ट्रक चलाउनेले बिलबिजक बोक्नुपर्ने
काठमाडौँ। राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको रहेको 'भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम' (भीसीटीएस) प्रणाली प्राविधिक सुरक्षा संवेदनशीलताका कारण अस्थायी रूपमा बन्द गरिएको छ। प्रणाली बन्द भएपछि मालवाहक सवारीसाधनहरूले नियमानुसारका बिलबिजक... ...


