Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

विपद्का कारण यी राजमार्गहरू अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्का कारण यी राजमार्गहरू अवरुद्ध
Photo / Coverage: पर्दाफास

विभिन्न विपद्का घटनाहरूका कारण देशका केही स्थानहरूमा मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीको आज बिहान ७ बजेसम्म अनुसार गण्डकी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण यातायात अवरुद्ध बनेको हो । गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लामा बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित उक्त स्थानमा बाढीका कारण बाटो बन्द भएको प्रहरीले जनाएको छ । कालिगण्डकी गाउँपालिका वडा नं. २ रोक्सेस्थित कालिगण्डकी करिडोर सडक खण्ड पहिराका कारण बाटो बन्द भए पनि हाल एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ । कर्णाली प्रदेश अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ७ औलिसेमा कर्णाली राजमार्गमा पहिरो खसेको थियो। उक्त सडक खण्डमा पनि हाल एकतर्फी मात्र बाटो खुलाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट
OthersJust now

दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट

सशस्त्र प्रहरीले विराटनगरमा भारतबाट अवैध रूपमा भित्र्याइएका रु दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट गरिएको छ । तिहारको समयमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिएका पटका नष्ट गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी, मोरङबाट खटिएको सीमा नाका ड्युटी टोलीले विभिन्न समयमा बरामद गरी गुल्ममा ल्याएर राखेको ...

पर्दाफास
जाजरकोटमा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु
OthersJust now

जाजरकोटमा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ । जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए । गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे जुनिचाँदे गाउँपालिका–८ पंकस्थित ...

पर्दाफास
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर
OthersJust now

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्सका प्रतिनिधिले स्वागत गरे । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play