काठमाडौं । भोटेकोशी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्बारे राष्ट्रिय सभाको संसदीय विशेष समितिले सम्बन्धित मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने भएको छ । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संघीय संसद् सचिवालयस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभाकक्षमा बस्ने बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा विपद्बाट प्रभावित क्षेत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायको अवस्था र सम्बन्धित मन्त्रालयले गरेका कामबारे छलफल हुने जनाइएको छ । The post विपदबारे राष्ट्रिय सभाको विशेष समितिको बैठक बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
विपदबारे राष्ट्रिय सभाको विशेष समितिको बैठक बस्दै

Read Complete Original Article
Published originally on कर्पोरट खबर





![तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/sayapatri-03112026055359-watermarked.jpg)
