Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्‍यो, लक्ष्यभन्दा राम्रो प्रगति

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्‍यो, लक्ष्यभन्दा राम्रो प्रगति
Photo / Coverage: नेपालन्युज

काठमाडौँ- नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०८२/८३ मा सरकारले लिएको १२.२० प्रतिशतको लक्ष्यभन्दा कम चुहावट कायम भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विद्युत् चुहावट १२.२६ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा घटेर १२.१६ प्रतिशतमा सीमित भएको हो। सरकारले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो। उक्त लक्ष्यभन्दा ०.०४ प्रतिशत विन्दुले कम चुहावट कायम गर्न सरकार सफल भएको मन्त्रालयले जनाएको छ। विद्युत् चुहावट नियन्त्रणका लागि ऊर्जामन्त्री श्रेष्ठले नीतिगत तथा संरचनागत सुधारमा पहल गरेको सचिवालयको भनाइ छ। विद्युत् नेटवर्क स्तरोन्नति, नियमित मर्मतसम्भार तथा प्राविधिक पक्षको सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा कमजोरी तथा लोड व्यवस्थापनमा देखिने समस्याका कारण चुहावट हुने गरेको छ। प्राविधिक समस्या देखिनासाथ तत्काल सम्बोधन गर्ने प्रणाली विकास गरिएकाले पनि चुहावट नियन्त्रणमा सहयोग पुगेको प्राधिकरणको भनाइ छ। मन्त्रालयका अनुसार विद्युत् नेटवर्क स्तरोन्नति, समयमै मर्मतसम्भार र प्राविधिक सुधारका कामलाई तीव्रता दिँदै चुहावट नियन्त्रणको प्रयास भइरहेको छ। अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३.८ प्रतिशत रहेको छ। नेपालमा भने विद्युत् चुहावट उक्त औसतभन्दा कम रहेको मन्त्रालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रदेश र स्थानीय निर्वाचन सँगै गराउने पक्षमा रास्वपा र कांग्रेस, आयोग प्रधानमन्त्रीको प्रतीक्षामा
Latest NewsJust now

प्रदेश र स्थानीय निर्वाचन सँगै गराउने पक्षमा रास्वपा र कांग्रेस, आयोग प्रधानमन्त्रीको प्रतीक्षामा

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै भन्नेमा राजनीतिक दलहरू दुई कित्तामा बाँडिएका छन्। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवै तहको निर्वाचन एउटै समयमा गराउने पक्षमा उभिएका छन् भने नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अलग-अलग मितिमा चुनाव हुनुपर्ने अडानमा छन्। दलहरूबीच निर्वाचनको ढाँचामै सहमति नजुटिरहेका बेला निर्... ...

नेपालखबर
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
Latest NewsJust now

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै कृषि मन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन् । रौतहटको मौलापुर... ...

रातोपाटी
एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग
Latest NewsJust now

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

काठमाडौँ । अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका सेयरमा भारी बिक्री चाप देखिएपछि बुधबार एसियाली सेयर बजारमा पनि गिरावट आएको छ । लगानीकर्ताको चिन्ता बढेसँगै अधिकांश प्रमुख एसियाली बजार... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्ताका अवसरमा उनीहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement