Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

विद्यालय पाठ्यक्रममा ‘एआई’ र जीवनोपयोगी सीप समेटिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्यालय पाठ्यक्रममा ‘एआई’ र जीवनोपयोगी सीप समेटिने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ। ‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि गठित कार्यदलले ‘ब्यागलेस डे’ र ‘बुक फ्री फ्राइडे’ जस्ता अभ्यास, राष्ट्रिय मूल्यमा आधारित नैतिक शिक्षा, खेलकुद विज्ञान, स्वास्थ्य तथा कल्याण, जलवायु परिवर्तन, भाषा र सूचना प्रविधिको प्रयोग तथा त्यसको नैतिक पक्षलाई पाठ्यक्रममा समेट्ने तयारी गरेको हो। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को ९८औँ बैठकले गत वैशाख २२ गते गरेको निर्णयअनुसार काठमाडौँ विश्वविद्यालयको शिक्षा संकायका तत्कालीन डीन प्रा डा बालचन्द्र लुइँटेलको संयोजकत्वमा १९ सदस्यीय कार्यदल गठन गरी परिमार्जन प्रक्रिया अघि बढाइएको हो। कार्यदलका सदस्यसचिव एवं पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा हालसम्मकै व्यापक सरोकारवालाको सहभागिता सुनिश्चित गरिएको बताए। उनका अनुसार विभिन्न माध्यमबाट हालसम्म करिब एक लाख ५० हजार सुझाव प्राप्त भएका छन्। वर्तमान आवश्यकता र भावी पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्ने गरी पाठ्यक्रम प्रारूप परिमार्जन गरिने उनले बताए। कार्यदलले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम प्रारूप तयार पार्नेछ। परिमार्जित प्रारूप र सुझाव प्रतिवेदनका आधारमा क्रमशः नयाँ पाठ्यक्रम निर्माण तथा तर्जुमा गरिनेछ। परिमार्जनका लागि १२ वटा विषयगत समूह गठन गरी कार्यपत्र तयार पारिएको छ। ती समूहले सरोकारवालासँग छलफल, स्थलगत अध्ययन, वेबसाइट, विद्युतीय माध्यम, पेसागत तथा संस्थागत संघसंस्था र विभिन्न फाराममार्फत सुझाव संकलन गरेका छन्। प्रारूप परिमार्जनका क्रममा संघीय शासन प्रणालीमा प्रदेश तथा स्थानीय तहको भूमिका, सामाजिक तथा राजनीतिक परिवर्तन, डिजिटल रूपान्तरण, युवाका आकांक्षा, समावेशिता, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, अध्ययनको श्रेयभार, शिक्षण विधि तथा मूल्यांकन प्रणालीलाई प्रमुख विषयका रूपमा समेटिएको छ। केन्द्रका अनुसार पाठ्यक्रम प्रारूपको पुनरावलोकन, सरकारका नीतिगत प्रतिबद्धता, विश्वव्यापी शैक्षिक प्रवृत्ति, अनुसन्धान तथा प्रमाण, वर्तमान अवस्थाको विश्लेषण र सरोकारवालासँगको व्यापक परामर्शलाई परिमार्जनको आधार बनाइएको छ। शिक्षाविद्हरूसँगको छलफलमा व्यावहारिक तथा रोजगारीमुखी शिक्षा, पाठ्यभार र विषयवस्तुको दोहोरोपन हटाउने, डिजिटल साक्षरता तथा कृत्रिम बौद्धिकता, मूल्यांकन प्रणालीमा सुधार, शिक्षक सहायता प्रणाली, पेसागत मार्गदर्शन, व्यावसायिक शिक्षा तथा नैतिक र मूल्यमा आधारित शिक्षालाई प्राथमिकता दिन सुझाव प्राप्त भएका छन्। त्यसैगरी, विद्यालय तहदेखि नै खेलकुदलाई शिक्षाको अभिन्न अंक बनाउने, विद्यार्थी परामर्श तथा कल्याण र शिक्षकको तयारी तथा व्यावसायिक विकासलाई पनि पाठ्यक्रम सुधारका महत्त्वपूर्ण पक्षका रूपमा औँल्याइएको छ। शैक्षिक क्षेत्रका जानकार वासुदेव काफ्लेले मूल्यांकन प्रणालीलाई वास्तविक सिकाइमा आधारित, समावेशी, बहुविधियुक्त र तनावमुक्त बनाउनुपर्ने सुझाव दिए। शिक्षकप्रति विश्वास गर्ने मूल्यांकन प्रणाली विकास गर्नुका साथै शिक्षक तयारी र सहयोग प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपथ्यले अब तीन साता अस्ट्रेलिया घन्काउने
Latest NewsJust now

नेपथ्यले अब तीन साता अस्ट्रेलिया घन्काउने

नेपथ्यले आगामी डिसेम्बर ७ मा एडिलेडबाट सांगीतिक यात्रा शुरु गर्दै मेलबर्नमा १४, सिड्नीमा १९ हुँदै २७ डिसेम्बरमा पर्थमा टुरको समापन गर्ने भएको छ । ...

कान्तिपुर
बाढी पहिरोको तीन महिनापछि त्रिशूलीमा तीन वटा पुल निर्माणका लागि टेन्डर आह्वान गरिँदै
Latest NewsJust now

बाढी पहिरोको तीन महिनापछि त्रिशूलीमा तीन वटा पुल निर्माणका लागि टेन्डर आह्वान गरिँदै

काठमाडौँ । बाढी पहिरोका कारण क्षतिग्रस्त बनेका तीन वटा पक्की पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिततासहित निर्णयको पत्र प्राप्त भएसँगै सडक विभागले आगामी... ...

रातोपाटी
नेपालमा वर्षेनी भित्रिन्छ अर्बौं रुपैयाँ बराबरको जनावरको बोसो, कहाँ र किन हुन्छ प्रयोग ?
Latest NewsJust now

नेपालमा वर्षेनी भित्रिन्छ अर्बौं रुपैयाँ बराबरको जनावरको बोसो, कहाँ र किन हुन्छ प्रयोग ?

काठमाडौं । नेपालमा वर्षेनी जनावरको बोसो आयात बढ्दो क्रममा रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चार महिनामा मात्रै भारतबाट ६ हजार ४६७ सय मेट्रिकटन बोसो आयात भएको छ । यसको मूल्य ९२ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको छ भने सरकारले १७ करोड २४ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । पछिल्ला पाँच ...

केन्द्रबिन्दु
भोटेकोशी बाढीपीडितलाई आवास, लालपुर्जा र प्रतिबद्धताअनुसारको राहत रकम उपलब्ध गराउन कांग्रेस नेता केसीको माग
Latest NewsJust now

भोटेकोशी बाढीपीडितलाई आवास, लालपुर्जा र प्रतिबद्धताअनुसारको राहत रकम उपलब्ध गराउन कांग्रेस नेता केसीको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भोटेकोशी (रसुवा–नुवाकोट) बाढीका वास्तविक सुकुमवासीको छिटो पहिचान गरी एकद्वार प्रणालीबाट सुरक्षित आवास, लालपुर्जा र प्रतिबद्धताअनुसारको राहत रकम उपलब्ध गराउन माग गरेका छन् । उनले विस्थापित पीडितहरूले राज्यव्यवस्थाबाट निगाह नभई मौलिक हक र प्राकृतिक न्यायको नियमअनुरूप न्यायोचित व्यवहार खोजेको स्मरणसमेत गराएका छन् । उनले बिहीबार सामाजिक सञ्जाल […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement