Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

विदेशी ‘कन्टेन्ट क्रिएटर’ बोलाएर पोखराको प्रचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशी ‘कन्टेन्ट क्रिएटर’ बोलाएर पोखराको प्रचार
Photo / Coverage: नेपालन्युज

गण्डकी।अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय सहर पोखरालाई चिनाउन विभिन्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ‘ट्राभल कन्टेन्ट क्रिएटर’ यतिबेला पोखरामा छन्। ‘प्रकृति, संस्कृति र साहस’ मा आधारित यहाँका पर्यटकीय गन्तव्यलाई सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट विश्व पर्यटन बजारमा प्रवर्द्धनका लागि उनीहरु पोखरा आएका हुन्। नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा पोखरा आएका कन्टेन्ट क्रिएटरले यहाँका विभिन्न गन्तव्यमा पुगी भिडियो सामग्री निर्माण गरिरहेको बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका कन्टेन्ट क्रिएटर पोखरा आएको उनको भनाइ छ। “ट्राभल कन्टेन्ट क्रिएटरले पहिलो चरणमा पोखरा, चितवन र बर्दियाको प्रवद्र्धनात्मक भिडियो सामग्री निर्माण गरी टिकटिकलगायत सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्नेछन्”, बोर्डका कार्यकारी सदस्य पोखरेलले भने, “यो अभियान वर्षभरि नै सञ्चालन हुन्छ, अन्य देशका प्रभावशाली कन्टेन्ट क्रियटरलाई पनि नेपालको भ्रमण गराएर विश्वमाझ नेपालको पर्यटन प्रवद्र्धन गर्ने बोर्डको योजना छ।” पोखरा आएका कन्टेन्ट क्रियटल शनिबार साँझदेखि यहाँका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका गन्तव्यको स्थलगत भ्रमण गरिरहेको उनले बताए। उनीहरुले फेवाताल, पातले छाँगो (डेभिज फल्स), विश्व शान्ति स्तूपा, पुम्दीकोट, कास्कीकोट, सराङकोट, बेगनास ताललगायतका गन्तव्यस्थलमा पुगी भिडियो सामग्री तयार गर्नेछन्। यहाँको प्राकृतिक सौन्दर्य, मौलिक कला, संस्कृति, साहसिक गतिविधि र स्थानीय जीवन शैलीलाई समेटेर निर्माण गरिएका भिडियो सामग्रीले पोखरा मात्र नभएर सिङ्गो देशकै पर्यटन प्रवर्द्धन हुने बोर्डका कार्यकारी सदस्य पोखरेलले बताए। चर्चित कन्टेन्ट क्रियटरको टिकटकलगायत सामाजिक सञ्जालका माध्यमबाट पोखराको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न सकिने हुँदा बोर्डको अभियान प्रभावकारी हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए। “धेरै फलओर्स भएका कन्टेन्ट क्रिएटरले टिकटिकबाट पोखराको भिडियो राख्दा त्यो विश्वभरका लाखौं दशर्क माझ पुग्न सक्छ”, उनले भने, “गन्तव्य प्रवर्द्धनका लागि सामाजिक सञ्जालमा राखिने छोटो भिडियो सामग्री पछिल्लो धेरै प्रभावकारी देखिएको छ ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु
Latest NewsJust now

चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीचको खेल सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिले फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ सुरु गरेको हो। चितवनका... ...

रातोपाटी
चितवनजविरुद्ध सुदूरपश्चिम फिल्डिङमा
Latest NewsJust now

चितवनजविरुद्ध सुदूरपश्चिम फिल्डिङमा

काठमाडौं।तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोजविरुद्ध टस जितेर सुदूरपश्चिम रोयल्यले फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ। दुई खेलबाट तीन अंक जोडेको चितवन आज जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ। यता तीन खेलमध्ये दुईमा हार र एकमा जित ...

नेपालन्युज
चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खान बिच भेटवार्ता, नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड
Latest NewsJust now

चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खान बिच भेटवार्ता, नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

काठमाडौँ। नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबिच मंगलबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो । भेटमा अध्यक्ष ...

टक्सार
‘सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तीव्र’
Latest NewsJust now

‘सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तीव्र’

काठमाडौँ । सरकारले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि कारबाही तीव्र पारेको छ । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play