Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनबाटै मतदानको अधिकार दिन नैनसिंह महरको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनबाटै मतदानको अधिकार दिन नैनसिंह महरको माग
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । आज धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले रेमिटेन्समार्फत नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका नेपालीलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताए । ‘करिब १७ देखि २० प्रतिशत सक्रिय र सक्षम नेपाली विदेशमा छन् । उनीहरूले आफ्नो श्रम, सीप र पूँजीमार्फत देशको अर्थतन्त्र धानिरहेका छन् । सामाजिक र आर्थिक अधिकारको कुरा गर्दै आएका हामीले अब मतदानको अधिकार पनि कार्यान्वयन गर्नुपर्छ,’ महरले भने। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ७ खर्ब ३ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यसले नेपालको विदेशी मुद्रा सञ्चिति, उपभोग, रोजगारी र समग्र आर्थिक स्थायित्वमा महत्वपूर्ण भूमिका खेलेको छ । महरले आर्थिक योगदान गर्ने नागरिकलाई राजनीतिक निर्णय प्रक्रियाबाट बाहिर राख्नु राजनीतिक अर्थशास्त्रको दृष्टिले पनि असमानता भएको उल्लेख गरे । उनले विदेशस्थित नेपाली दूतावासमार्फत मतदान केन्द्र स्थापना, सुरक्षित वैकल्पिक मतदान प्रणाली, मतदाता दर्ता तथा श्रमिकको सुरक्षा, कानुनी सहायता र सामाजिक सुरक्षाको प्रभावकारी व्यवस्था गर्न सरकारसँग आग्रह गरे । ‘देशको अर्थतन्त्रमा योगदान गर्ने नेपालीको मत देशको भविष्य निर्माणमा पनि प्रतिबिम्बित हुनुपर्छ । आगामी निर्वाचनबाटै विदेशमा रहेका नेपालीको मताधिकार कार्यान्वयन गर्नु लोकतन्त्र र राष्ट्रिय अर्थतन्त्रप्रतिको सम्मान हो,’ महरले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस देउवा पक्षको मोरङ अधिवेशन १० दिनदेखि अनिश्चित
OthersJust now

कांग्रेस देउवा पक्षको मोरङ अधिवेशन १० दिनदेखि अनिश्चित

निर्धारित संख्याभन्दा बढी उम्मेदवारी परेपछि सहमतिमै नेतृत्व टुङ्ग्याउने उद्देश्यले छलफल गरिएको थियो । तर लामो कसरतका बाबजुद सर्वसम्मतिबाट निकास निस्कन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो । ...

अनलाइन खबर
राष्ट्रिय जनमोर्चाको आरोप- भारत भ्रमणमा बालेनले आत्मसमर्पणवादी नीति अपनाए
OthersJust now

राष्ट्रिय जनमोर्चाको आरोप- भारत भ्रमणमा बालेनले आत्मसमर्पणवादी नीति अपनाए

प्रधानमन्त्री शाहलाई अवसरवादी र अविश्वसनीय व्यक्तिको संज्ञा दिँदै राष्ट्रिय जनमोर्चाले उनको नेतृत्वमा देशले कुनै पनि प्रकारको दुर्घटना बेहोर्नसक्ने आशंकासमेत व्यक्त गरेको छ । ...

अनलाइन खबर
‘सिन्दुरे जात्रा’ को ट्रेलर : लक्ष्मीको प्रेमलाई कसले राख्यो दाउमा ?
OthersJust now

‘सिन्दुरे जात्रा’ को ट्रेलर : लक्ष्मीको प्रेमलाई कसले राख्यो दाउमा ?

काठमाडौं । सरोज पौडेल निर्देशित फिल्म ‘सिन्दुरे जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै चार मिनेटको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा कौडाका कारण उत्पन्न हुने परिस्थितिमा उनीहरूको प्रेमले भोग्ने नियतिको कथा देखाइएको छ । ‘पिरियण ड्रामा’ जनारामा बनेको सिनेमाले तात्कालीन समयमा नेपाली समाजमा पुरुषको… ...

अनलाइन खबर
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार
OthersJust now

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार

नेप्सेमा आज दोहोरो अंकले घटेको छ । आज विहिबार नेप्से १०८९ अंकले घटेर २६३६.७५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५५ कम्पनिका एक करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार १०१ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement