विदेशमा ‘जलाकी’को माग

काठमाडौं । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जलाकी’को गीत ‘चाँदी जलप’ दर्शकमाझ लोकप्रिय बनेसँगै विदेशमा समेत माग बढ्न थालेको छ । दुई महिनाअघि युट्युबमा सार्वजनिक भएको गीतलाई झन्डै ६० लाख पटक हेरिएको छ भने यसै गीतमा आधारित १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् । गीतको लोकप्रियतासँगै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री हुने क्रम अघिबढेको छ । चलचित्रको अमेरिका र क्यानडाका लागि प्रदर्शन अधिकार यसैसाता बिक्री भएको हो । यी दुई देशको प्रदर्शन अधिकार पिएनएम एलएलसीले खरिद गरेको निर्देशक अशोक थापा मगरले जानकारी दिनुभयो । निर्देशक मगरका अनुसार अमेरिका र क्यानडामा चलचित्र प्रदर्शनको मिति वितरक र निर्माताबीचको आपसी सल्लाहमा तय गरिनेछ । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशन अशोक थापा मगरले गर्नुभएको हो । चलचित्रमा उपासना सिंह ठकुरी, सोनम ताप्देन, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्कबहादुर पुन, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय छ । अभिनेता विजय लामा यस चलचित्रमा विशेष भूमिकामा देखिनुहुनेछ । चलचित्रको लेखन तथा सम्पादन पनि निर्देशक मगर स्वयंले गर्नुभएको हो । ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर, सुस्मिता बुढाथोकी र राधा थापा चलचित्रका निर्माता हुनुहुन्छ । मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर प्रेमकथा प्रस्तुत गरिएको चलचित्र ‘जलाकी’ले गीतको लोकप्रियतालाई हलसम्मको दर्शकीय आकर्षणमा बदल्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

गोली हानेर ३ जना लागु औषध तस्कर पक्राउ, दुई भारतीय घाइते
मोरङको रतुवामाई नगरपालिकामा लागु औषध तस्कर समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। गोली लागेर दुई भारतीय घाइते भएका छन्। बिहीबार राति रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भएको घटनामा प्रहरीले ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), हतियार र दुई वटा मोटरसाइकलसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठ... ...

कृषि अनुदान मिलाइदिने प्रलोभनमा पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ
पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ...

सुदूरपश्चिममा ‘अर्णव’ प्रभाव : डराउनु पर्दैन
अविनाश चौधरीधनगढी, कात्तिक १३ गते । सुदूरपश्चिम प्रदेशमा आउन सक्ने विपत् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको र यसबारे निरन्तर सूचना प्रवाह गरिनुका साथै सम्पूर्... ...

नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटले थाले सरकार गठनको प्रयास
जेरुसेलम । इजरायलमा चुनावपछि विपक्षी नेता गादी आइजेनकोटले सरकार गठनको प्रयास सुरु गरेका छन्। यस क्रममा उनले डेमोक्र्याट पार्टीका नेता यायर गोलान, बियाचादका प्रमुख नाफ्ताली बेनेट र विपक्षी नेता यायर लापिडसँग भेट गरेका छन्। आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको लिकुड पार्टीले चुनावी नतिजालाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘नेतन्याहुले बहुमत नजितेका कारण त्यसो गरिरहेका छन्।’ आइजेनकोटले ...


