Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार र सुरक्षित स्वदेश फिर्तीलाई प्राथमिकता दिनुपर्छः विद्यादेवी भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार र सुरक्षित स्वदेश फिर्तीलाई प्राथमिकता दिनुपर्छः विद्यादेवी भण्डारी
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताएकी हुन् । भण्डारीले नेपाल जलस्रोत, वन, जडीबुटी, कृषि उपज, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका दृष्टिले सम्पन्न मुलुक भए पनि उपलब्ध स्रोतसाधनको दिगो र वातावरणमैत्री उपयोगमा जोड दिनुपर्ने बताइन् । जलवायु परिवर्तन र प्राकृतिक विपद्का बढ्दो जोखिमलाई ध्यानमा राख्दै प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास गर्नुपर्ने उनको भनाइ छ । जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवर्द्धन र वातावरणमैत्री पर्यटन विस्तारबाट रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सकिने उनले बताइन् । यस्ता सम्भावनालाई व्यवहारमा उतार्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने उल्लेख गर्दै उनले प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिइन् । प्रवासी नेपालीको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनले बताइन् । उनले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दै आएको नेकपा (एमाले) ले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको पनि उल्लेख गरिन् । देश र जनताको हितमा पार्टीले गरेका काम र उपलब्धिलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक
Latest NewsJust now

कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेरसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले शीर्ष नेताहरूको बैठक बोलाएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीका पदाधिकारी तथा प्रतिनिधिसभामा विपक्षी दलका नेतासमेत सहभागी हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन्। सरकारले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त ...

नेपालन्युज
समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता
Latest NewsJust now

समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

सात वटा समस्याग्रस्त सहकारीले  १२२ जनाको बचतकर्ताको बचत रकम फिर्ता गरेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीले २३ जनाको पूर्ण बचत फिर्ता गरेका छन्। त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्... ...

नेपालखबर
को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?
Latest NewsJust now

को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?

काठमाडौँ। बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै एआईजी मनोज केसी प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन् । सरकारको सरप्राइज निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा पुगेका मनोज केसी यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुखका... ...

रातोपाटी
सरकारका प्रवक्ता भन्छन्, “प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ”
Latest NewsJust now

सरकारका प्रवक्ता भन्छन्, “प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ”

काठमाडाैँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बैठकले यसअघि अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play