Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सरकारका प्रवक्ता भन्छन्, “प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ”

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारका प्रवक्ता भन्छन्, “प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ”
Photo / Coverage: टक्सार

काठमाडाैँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बैठकले यसअघि अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिइएको र नयाँ प्रहरी महानिरीक्षक नियुक्त भइसकेकाले यसलाई सामान्य जिम्मेवारी हेरफेरका रूपमा मात्र बुझ्नुपर्ने बताए। उनले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले मोबाइल लगेको हो ? भनि सञ्चारकर्मीले सोधेको विषयमा अनभिज्ञता प्रकट गरे । उक्त विषय बाहिर आएको हल्ला मात्र भएको उनको भनाइ छ । उनले भने, “बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाही गरिएको रुपमा बुझ्नु हुँदैन । उहाँलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको रुपमा आउनुभएको छ । नयाँ आईजीपी आउनुभएको छ । यसमा आवश्यक के गर्नुपर्ने हो उहाँले गरिहाल्नुहुन्छ । इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले लगेको कुरा हामीलाई जानकारी छैन । बाहिर आएको हल्ला हो । यदि रहेछ भने सम्बन्धित निकायले अनुसन्धान गर्छ ।” हालका आईजीपी कार्कीलाई सरकारले प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ
Latest NewsJust now

डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ

कर्णाली, कात्तिक १८ गते । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका चार जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले आज त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङ गाउँमा कमला बु... ...

गोरखापत्र
बजारमा ७ अर्ब ४३ करोडको शेयर किनबेच, अन्य समूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढ्यो
Latest NewsJust now

बजारमा ७ अर्ब ४३ करोडको शेयर किनबेच, अन्य समूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढ्यो

• बुधबार शेयरबजारमा नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको छ, जसमा ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर किनबेच भएका छन्। • कारोबार रकम ७ अर्ब ४३ करोड पुगेको छ, अघिल्लो दिनको ५ अर्ब ६५ करोडको तुलनामा वृद्धि भएको छ। • अन्य समूहमा ६.१८ प्रतिशतको वृद्धि भएको छ, विशेषगरी पुनर्बीमा कम्पनी नेपाल र हिमालयनको ...

नेपालबहस
एनपीएलमा अनलाइन सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार
Latest NewsJust now

एनपीएलमा अनलाइन सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहार राज्यस्थित भोजपुरका ३२ वर्षीय सोनु... ...

रातोपाटी
आईजीपी कार्की किन हटाइए ?
Latest NewsJust now

आईजीपी कार्की किन हटाइए ?

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयसँग प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बन्दै गएको थियो । फिक्सर इनम सापकोटा र राजनीतिक सल्लाहकार कुमार बेनबीचको कुराकानीको विषयमा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्दै कार्कीले ‘यो विवरण बाहिर सार्वजनिक भए सरकार अफ्ठ्यारोमा पर्न सक्छ’ भनेपछि दूरी झन् बढेको थियो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play