Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

वित्तीय विवरण लुकाउँदा रघुपति जुट मिल्स ‘असहयोगी’ सूचीमा, ऋण जोखिम बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
वित्तीय विवरण लुकाउँदा रघुपति जुट मिल्स ‘असहयोगी’ सूचीमा, ऋण जोखिम बढ्यो
Photo / Coverage: टक्सार

काठमाडौँ । नेपाल सरकारको समेत उल्लेख्य लगानी रहेको मुलुककै जेठो उद्योग श्री रघुपति जुट मिल्स लिमिटेड आफ्नो वित्तीय हिसाबकिताब लुकाउँदा ‘असहयोगी’ कम्पनीको सूचीमा परेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पटक–पटक ताकेता गर्दा पनि कम्पनीको व्यवस्थापनले कार्यसम्पादन सम्बन्धी पर्याप्त विवरण नबुझाएपछि रघुपति जुट मिल्सलाई ‘इस्युअर नट कोअपरेटिङ’ (असहयोगी निष्कासनकर्ता) को सूचीमा राख्दै रेटिङ घटुवा गरेको हो । यसले कम्पनीमा रहेको ऋण जोखिममा पर्ने सङ्केत देखिएको इक्राले जनाएको छ । कम्पनीले १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको ऋण सीमाको रेटिङ पुनरावलोकनका लागि आवश्यक सूचना नदिएपछि इक्रा नेपालले रेटिङ घटाउनुका साथै रेटिङ फिर्ता लिने (विथड्रअल) सूचनासमेत जारी गरेको छ । कुनै पनि कम्पनीले रेटिङ निगरानी (सर्भिलेन्स) का लागि आफ्नो व्यापार, नाफा–नोक्सान र ऋण तिर्ने अवस्थाको विवरण नदिएमा रेटिङ एजेन्सीले ‘असहयोगी सूची’ मा राख्ने गर्छ । इक्रा नेपालले कम्पनीको व्यवस्थापनबाट सूचना प्राप्त नभएकाले यसको वित्तीय अवस्था र ऋण तिर्न सक्ने क्षमतामा परेको प्रभाव यकिन गर्न नसकिएको जनाएको छ । उपलब्ध सीमित जानकारीकै आधारमा गरिएको यो रेटिङले कम्पनीको वास्तविक ऋण जोखिमलाई पूर्ण रूपमा प्रतिबिम्बित नगर्न सक्ने भएकाले ऋणदाता बैंक तथा लगानीकर्तालाई आवश्यक सावधानी अपनाउनसमेत इक्राले सचेत गराएको छ । यसअघि सन् २०२३ अप्रिलमा पनि विवरण नबुझाएकै कारण यो कम्पनी ‘असहयोगी’ सूचीमा परेको थियो । इक्रा नेपालका अनुसार कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कुल १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको ऋण सीमाको रेटिङ पुनरावलोकन गरिएको हो । जसअन्तर्गत ७० लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋण सीमाको रेटिङलाई ‘इक्राएनपी एलबिबी’ बाट घटुवा गरी ‘इक्राएनपी एलबिबी माइनस (इस्युअर नट कोअपरेटिङ)’ कायम गरिएको छ । त्यस्तै, १ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको अल्पकालीन ऋण सीमाको रेटिङलाई ‘इक्राएनपी ए४ (इस्युअर नट कोअपरेटिङ)’ श्रेणीमा सारिएको छ । मोरङको रानी, विराटनगरमा कारखाना रहेको यस उद्योगमा हाल हेसियन कपडा, बोरा (स्याक्स) र सुतली लगायतका जुटका सामग्री उत्पादन भइरहेको छ । भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी उत्पादन गरिने यी सामग्रीको करिब ९६ प्रतिशत हिस्सा भारततर्फ निर्यात हुने उद्योगले जनाएको छ । यद्यपि, हाल उद्योग सञ्चालनमा रहे पनि कच्चा पदार्थको अभाव, बिक्रीमा आएको गिरावट र नगद अभाव (तरलता दबाब) का कारण उद्योग पूर्ण क्षमतामा चल्न सकेको छैन । पछिल्लो समय उत्पादित सामान गोदाममै थुप्रिनु, उत्पादनमा भारी कटौती हुनु र अल्पकालीन ऋणको भार बढ्नुले कम्पनी गम्भीर आर्थिक दबाबमा परेको इक्राको प्रतिवेदनमा उल्लेख छ । सन् १९४६ अगस्ट २३ (विसं. २००३) मा तत्कालीन नेपाल सरकार र भारतीय उद्यमीहरूको पहलमा पब्लिक लिमिटेड कम्पनीका रूपमा स्थापना भएको यो उद्योग हाल सञ्चालनमा रहेको नेपालकै सबैभन्दा पुरानो उद्योग हो । ७५ वर्षभन्दा लामो इतिहास बोकेको यस उद्योगलाई निजीकरण ऐन, २०५० बमोजिम सन् १९९६ मा निजीकरण गर्दै आरके गोल्छा समूहको अरिहन्त मल्टिफाइबर्स लिमिटेडलाई बहुमत सेयर बिक्री गरिएको थियो । हाल कम्पनीमा अरिहन्त मल्टिफाइबर्सको ६५ प्रतिशत, नेपाल सरकार (अर्थ मन्त्रालय) को ३३ प्रतिशत र सर्वसाधारणको २ प्रतिशत सेयर स्वामित्व छ । निजीकरणपछि व्यवस्थापनले आधुनिक प्रविधि र मेसिनरीमा करोडौँ रुपैयाँ लगानी गरी उद्योगलाई पुनर्जीवन दिएको थियो । वार्षिक २० हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यस उद्योगले करिब ३ हजार जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको उद्योगको विवरणमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति थापाले सम्बोधन गर्ने
Latest NewsJust now

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति थापाले सम्बोधन गर्ने

ललितपुरस्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगन थापाले प्रारम्भमै विशेष सम्बोधन गर्नेछन्। ...

कान्तिपुर
रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा
Latest NewsJust now

रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण र प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र... ...

रातोपाटी
बबई पुल निर्माण : असी प्रतिशत भौतिक प्रगति
Latest NewsJust now

बबई पुल निर्माण : असी प्रतिशत भौतिक प्रगति

लीलाधर वली घोराही, मङ्सिर ८ गते । दाङको बबई नदीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । घोराही उपमहानगरपालिका–५, खैरागनार र वडा नं. ६ को लखुवार जोड्ने बबई नदी पुलको भौतिक न... ...

गोरखापत्र
लिपिङ खोला जलविद्युत् आयोजना सञ्चालनमा, आईपीओ निष्कासनको तयारी
Latest NewsJust now

लिपिङ खोला जलविद्युत् आयोजना सञ्चालनमा, आईपीओ निष्कासनको तयारी

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण भएको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ । हिम रिभर पावर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाले २०८३ मंसिर ६ गतेदेखि राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा विद्युत् पठाउन थालेको हो । भोटेकोशी गाउँपालिका–२ मा रहेको आयोजनाको निर्माण सम्पन्न भएपछि विद्युत् उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement