Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो

Share:WhatsAppFacebookX (Twitter)Telegram
उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो
Photo / Coverage: पर्दाफास

आज एकाबिहानै चलेको हावाहुरीले गोरखाको धार्चे गाउँपालिका– ५, सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ । हावाहुरीले धार्चे– ५, सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनको भनाइ छ । ‘आकाश पूर्ण रूपमा खुल्ला छ, घाम लागिरहेको छ’, उनले भनिन्, ‘बादल लागेको छैन, तर हावा चलिरहेकै छ ।’ हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लेखा समितिमा सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे छलफल सुरु
OthersJust now

लेखा समितिमा सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे छलफल सुरु

८ मंसिर, काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल सुरु भएको छ । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । उजुरीकर्ताले ठेक्का रद्द… ...

अनलाइन खबर
अबको संसद् बैठक नयाँ भवनमा राख्नेबारे छलफल
OthersJust now

अबको संसद् बैठक नयाँ भवनमा राख्नेबारे छलफल

८ मंसिर, काठमाडौं । संघीय संसद्को अबको अधिवेशन अन्तर्गतका बैठक नयाँ भवनमा राख्ने तयारी भएको छ । यसका लागि के कति सम्भव छ भनेर सोमबार सभामुख डोलप्रसाद अर्याल सहित संसद् सचिवालयका अधिकारीहरूले निर्माणधिन भवनको अवलोकन गरेका थिए । अवलोकनमा सभामुख अर्यालसँगै निर्माण व्यवसायीका प्रतिनिधि, आयोजना हेर्ने पूर्वाधार मन्त्रालयका प्रतिनिधि, प्रतिनिधिसभा कार्यव्यवस्थाका अधिकारीहरू, प्रविधि व्यवस्थापन, आन्तरिक… ...

अनलाइन खबर
कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : पदाधिकारी चयनमै भाँडभैलो
OthersJust now

कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : पदाधिकारी चयनमै भाँडभैलो

निर्वाचन प्रक्रियामै प्रवेश नगरी सर्वसम्मत गराउन खोजेका नेताहरू आकांक्षी धेरै हुँदा पदाधिकारी चयनमै असफल भएका छन् । ...

अनलाइन खबर
लेखा समिति बैठकका एजेन्डा : सुनकोशी–मरिण र विद्युत् प्राधिकरणको डिजिटल प्रणाली
OthersJust now

लेखा समिति बैठकका एजेन्डा : सुनकोशी–मरिण र विद्युत् प्राधिकरणको डिजिटल प्रणाली

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक बसिरहेको छ । बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना र नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारबारे छलफल भइरहेको छ । समितिको बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुने पहिलो कार्यसूची छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement