विजयादशमीमा प्रधानमन्त्री शाहको सन्देशः सोचसँगै व्यवहार बदलौँ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई सरकार आफ्ना लागि छ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् । उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको उल्लेख गर्दै इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले समाजमा विद्यमान विकृति हटाउन मद्दत गर्ने बताएका छन् । प्रधानमन्त्री शाहले विजयादशमी असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाइने पर्व भएको उल्लेख गरेका छन् । पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको र भगवान् रामले असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनका रूपमा विजयादशमी मनाइने उनले बताएका छन् । उनले विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । विजयादशमीमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले दुर्गा भवानीले विजय प्राप्त गरेजस्तै सबैले हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकून् भन्ने कामना गरेका छन् । टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेटेर आशीर्वाद ग्रहण गर्ने परम्पराले पारिवारिक आत्मीयता बढाउने उनको भनाइ छ । प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन् । उनले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्न विजयादशमीले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । वर्षौँदेखि छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता साट्ने अवसरका रूपमा समेत यो पर्व महत्त्वपूर्ण रहेको उनले बताएका छन् । अन्त्यमा प्रधानमन्त्री शाहले सबैलाई आआफ्नो ठाउँ र क्षमताअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आह्वान गरेका छन् ।
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाख ६६ हजार बिगो असुल
गण्डकी । कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा २३ पुरुष र नौ महिला छन् । उनीहरूलाई कैद सजाय भुक्तान गराउन र जरिवाना असुल गर्न अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी ...

विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
काठमाडौं। बडादशैँको मुख्य दिन विजयादशमीका अवसरमा आज बिहानैदेखि देशभर हर्षोल्लासका साथ मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०:२६ बजेको समयलाई टीका लगाउने उत्तम साइतका रूपमा सार्वजनिक गरेको थियो। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र पहेँलो जमरा लगाउने परम्परा छ। शास्त्रीय ...
मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आएकालाई टीका
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), कात्तिक ४ गते । हिन्दू धर्मालम्बीहरूको पवित्र तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शनका लागि... ...

दशैँमा नगरपालिकाले दियो मासुसहित खाद्यन्न
अलपत्र परेका निर्माण मजदुरहरूलाई धादिङको नीलकण्ठ नगरपालिकाले मासुसहितका खाद्यान्न सामग्री उपलब्ध गराएको छ। ...


