विजयादशमीमा प्रधानमन्त्री बालेनको सन्देश– भ्रष्टाचार र कुशासन हटाउन एकजुट बनौँ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनले हरेक नागरिकले सरकार आफ्ना लागि छ भन्ने अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । यस्ता विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उनको भनाइ छ । परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने उनले बताएका छन् । प्रधानमन्त्री शाहले विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा व्याख्या गर्दै पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग स्मरण गरेका छन् । उनले विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्ने प्रेरणा दिने उल्लेख गरेका छन् । टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्ने यस पर्वको परम्पराले पारिवारिक सम्बन्ध र आत्मीयता थप सुदृढ बनाउने उनको सन्देश छ । प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईष्र्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताएका छन् । The post विजयादशमीमा प्रधानमन्त्री बालेनको सन्देश– भ्रष्टाचार र कुशासन हटाउन एकजुट बनौँ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
रसुवा। यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको... ...

चाडपर्व राष्ट्रिय पहिचानका धरोहर : मुख्यमन्त्री थापा
बागमती। बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्। विजयादशमीका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उनले चाडपर्वहरू धार्मिक तथा सांस्कृतिक आस्था मात्र नभई सामाजिक सद्भाव,... ...

ब्राउन सुगरसहित बाँकेका ३ जना पक्राउ
लागुऔषध भारतीय सीमा लौकाही र बलैगाउँबाट भित्र्याएको प्रहरीको भनाइ छ । ...

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व होः मुख्यमन्त्री आचार्य
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता बलियो बनाउने बताएका छन्। बडादसैँका अवसरमा बुधबार शुभकामना... ...


