विजयादशमीको टीकापछि काठमाडौंमा चहलपहल बढ्यो, सार्वजनिक सवारी कम

काठमाडौं । बडादसैँको मुख्य दिन विजयादशमीमा काठमाडौं उपत्यकामा सर्वसाधारणको आवागमन बढेको छ । मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेपछि आफन्त र इष्टमित्रकहाँ आशीर्वाद लिन जानेहरूको चहलपहल बढेको हो । महाअष्टमी र महानवमीका दिन सुनसानजस्तै देखिएको काठमाडौंमा विजयादशमीको टीकापछि चहलपहल फर्किएको छ । निधारमा रातो टीका र कानमा जमरा लगाएका सर्वसाधारण टीका थाप्न तथा आशीर्वाद लिन विभिन्न ठाउँमा पुगिरहेका छन् । सर्वसाधारणको आवागमन बढेसँगै सडकमा सवारीसाधनको चाप पनि केही बढेको छ । यद्यपि, दसैँ बिदाका कारण सार्वजनिक सवारीसाधन भने सामान्य दिनको तुलनामा निकै कम सञ्चालनमा छन् । नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरी विजयादशमीका दिन टीका तथा जमरा लगाउने परम्परा नेपाली समाजमा विशेष महत्त्वका साथ मनाइन्छ । दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ । The post विजयादशमीको टीकापछि काठमाडौंमा चहलपहल बढ्यो, सार्वजनिक सवारी कम appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

ठमेलमा विदेशी पर्यटकले पनि लगाए दसैँको टीका
काठमाडौँ। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ... ...

एमाले वरिष्ठ नेता भण्डारी चीन जाँदै, ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने
पूर्वराष्ट्रपति एवं नेकपा एमालेका वरिष्ठ नेता विद्यदेवी भण्डारी बिहीबार चीन जाने तय भएको छ। एमालेको वरिष्ठ नेता भएर सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो। भण्डारीले अक्टोबर २३–२५ मा चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार फोरममा ... ...

क्यासिनो खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा
वीरगन्ज (पर्सा), कात्तिक ४ गते । क्यासिनोभित्र प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका –१४ गण्डकस्थित गोल्डेन... ...

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नख:
भक्तपुर – भक्तपुरका नेवार समुदायले बुधबार मोहनी नख: मनाएका छन् । विजयादशमीको दिन बुधबार मान्यजनको हातबाट मोहनी सि: न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी न:ख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो […] ...


