Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा
Photo / Coverage: नेपालन्युज

बर्लिन।रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार बर्लिन पुगेका छन्। जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने बताएका छन्। जर्मनी युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने प्रमुख राष्ट्रमध्ये एक हो। जर्मन चान्सलर फ्रेडरिक मेर्जले पनि युक्रेनप्रतिको समर्थन निरन्तर दोहोर्‍याउँदै आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शान्ति वार्तालाई अघि बढाउने प्रयासस्वरूप अर्को साता अबु धाबीमा युक्रेनी, रुसी र अमेरिकी अधिकारीहरूबीच वार्ता हुने घोषणा गरे लगत्तै जेलेन्स्कीको जर्मनी भ्रमण भएको हो। जेलेन्स्कीको बर्लिन भ्रमण सुरक्षा तथा प्रतिरक्षासम्बन्धी एक सम्मेलनसँगै परेको छ। उक्त सम्मेलनको उद्घाटन लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले गर्ने कार्यक्रम छ। जेलेन्स्कीले पनि सम्मेलनमा सहभागी हुने बताएका छन्। सम्मेलनमा मुख्यतः युक्रेन युद्ध र रुसबाट युरोपको सुरक्षामा बढ्दै गएको चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ। जेलेन्स्कीले सुरक्षा, स्थिरता र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा सबैको साझा चासो भएको उल्लेख गर्दै यी सिद्धान्तलाई ठोस निर्णय र कार्यमा रूपान्तरण गर्न मिलेर काम गर्नुपर्ने बताएका छन्। जर्मनीले नोभेम्बरको मध्यतिर युक्रेनका प्रमुख सहयोगी राष्ट्रहरूको समूह ‘कोएलिसन अफ द विलिङ’को बैठक आयोजना गर्ने योजना बनाएको छ। जर्मन चान्सलर मेर्जले गत साता यसबारे जानकारी दिएका थिए। –रासस/एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा
Latest NewsJust now

रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

गुल्मी । पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदो सहित ठुलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि... ...

रातोपाटी
हकदाबी गर्न कोही नआएपछि सवारी साधन भन्सारमा बुझाइयो
Latest NewsJust now

हकदाबी गर्न कोही नआएपछि सवारी साधन भन्सारमा बुझाइयो

दिपक गौतम वीरगञ्ज (पर्सा), कार्तिक १६ गते । पर्सा प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको दुई वटा चारपाङ्ग्रे सवारी साधन हकदाबी गर्न कोहि नआएपछि प्रहरीले उक्त सवारी साधनलाई भन्सारमा... ...

गोरखापत्र
[अर्काइभ] नागरिकता विधेयक राष्ट्रिय सभाबाट अस्वीकृत भएपछि...
Latest NewsJust now

[अर्काइभ] नागरिकता विधेयक राष्ट्रिय सभाबाट अस्वीकृत भएपछि...

राष्ट्रिय सभाले नागरिकता विधेयक अस्वीकृत गरेपछि प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षबीच विवाद चर्किएको थियो । एमालेसहित पाँच विपक्षी दलले सदन बहिष्कार गरे पनि कांग्रेस नेतृत्वको सरकारले बहुमतबाट विधेयक पारित गराएको थियो । ...

कान्तिपुर
इरानद्वारा दुई अमेरिकी ड्रोन खसालेको दाबी
Latest NewsJust now

इरानद्वारा दुई अमेरिकी ड्रोन खसालेको दाबी

काठमाडौँ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले मंगलबार होर्मोज्गान प्रान्तमा दुई वटा अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ । आईआरजीसीको होर्मोज्गान प्रान्तस्थित मुख्यालयले जारी गरेको विज्ञप्तिअनुसार ती ड्रोनहरूलाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play