Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

वायु गुणस्तर सुधार्न काठमाडौं महानगरका २७ रणनीतिक क्षेत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
वायु गुणस्तर सुधार्न काठमाडौं महानगरका २७ रणनीतिक क्षेत्र
Photo / Coverage: नेपालन्युज

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहरको वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्र समेटेर कार्यक्रम अघि बढाउने भएको छ । धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलोको प्रयोग, हरियाली विस्तार र प्रदूषणको जोखिममा रहेका नागरिकको स्वास्थ्य सुरक्षासम्मका कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिए । महानगरपालिकाले वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि १० वटा मुख्य उद्देश्यसहित ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ को मस्यौदासमेत तयार पारेको छ । विभागले तयार गरेको कार्ययोजनामा सडकको धुलो, सवारीसाधनबाट निस्कने धुवाँ, फोहरमैला व्यवस्थापन, घरभित्रको वायु प्रदूषण, हरियाली विस्तार र जनस्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइएको छ । प्रमुख राईका अनुसार महानगरपालिका नसर्ने रोग र चोटपटकबाट नागरिकलाई जोगाउन प्रतिबद्ध विश्वका सहरहरूको सञ्जालको सदस्यसमेत हो । विश्व स्वास्थ्य सङ्गठन र ब्लुमवर्ग फिलान्थ्रोपिजसँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रममध्ये वायु प्रदूषण नियन्त्रण पनि एक हो । “भौगोलिक बनावटका कारण वायु प्रदूषणको असर हामीले पनि भोग्नुपरेको छ । साझा प्रयत्नबाट यसलाई घटाउन चाहन्छौँ”, उनले भने । कार्ययोजनाको पहिलो उद्देश्य वायु प्रदूषण रोकथाम तथा न्यूनीकरणका लागि नीतिगत, कानुनी, संस्थागत र आर्थिक व्यवस्था सुदृढ गर्नु रहेको छ । यसअन्तर्गत महानगरपालिकाका विद्यमान नीति, नियम, कार्यविधि तथा मापदण्डको समीक्षा र परिमार्जन गर्ने, प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ पुनरावलोकन गर्ने तथा विद्यालय र अस्पतालजस्ता संवेदनशील क्षेत्रलाई लक्षित गरी विशेष व्यवस्था गर्ने उल्लेख छ । विद्युतीय सवारीसाधन र विद्युतीय चुलोजस्ता स्वच्छ प्रविधिको प्रयोगलाई पनि प्रोत्साहन गरिनेछ । सबै कार्यक्रम एउटै विभागबाट सञ्चालन गर्न सम्भव नहुने भएकाले विषयगत जिम्मेवारीअनुसार महानगरपालिकाका ३२ वटै वडा कार्यालयसहित विभिन्न विभाग र आयोजनालाई जिम्मेवारी तोकिएको प्रमुख राईले बताए । यातायात तथा सडक सुरक्षा योजना, सार्वजनिक निर्माण विभाग, उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, स्वास्थ्य विभाग, शिक्षा विभाग र सूचना प्रविधि विभागलाई पनि कार्ययोजनाअनुसार जिम्मेवारी दिइएको छ । महानगरपालिकाका अनुसार कार्ययोजनामा केही काम तत्कालै सुरु गरी निरन्तर सञ्चालन गर्ने, केही महिनाभित्र, केही एक वर्षभित्र र केही दुईदेखि पाँच वर्षको अवधिमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ताज होटलमै हुन्छ प्रधानमन्त्री बालेन र विदेशमन्त्री जयशंकरबीच वार्ता
Latest NewsJust now

ताज होटलमै हुन्छ प्रधानमन्त्री बालेन र विदेशमन्त्री जयशंकरबीच वार्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगिसकेका छन् । आइतबार उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य, उद्योग तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसादले स्वागत... ...

रातोपाटी
प्रधानमन्त्री बालेनको भारत भ्रमण उपलब्धिमूलक हुने प्रवक्ता खरेलको विश्वास [भिडियो]
Latest NewsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण उपलब्धिमूलक हुने प्रवक्ता खरेलको विश्वास [भिडियो]

प्रधानमन्त्री वालेन्द्र साह बालेनको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् । ...

हाम्राकुरा
विदेशी दबाब र प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष बनाइयो : लिङ्देन
Latest NewsJust now

विदेशी दबाब र प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष बनाइयो : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर नेपाललाई हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप लगाएका छन् । आइतबार नेपाल सनातन... ...

रातोपाटी
प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा

सुदूरपश्चिम – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को आईतबारदेखि सुरु भएको भारतको राजकीय भ्रमणमा ‘हवाई कनेक्टिभिटी’ विस्तारका विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिमको महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा पनि पुन: चर्चामा आएको छ । भारतसँग यस विषयमा सहमति जुटे पश्चिम नेपालको हवाई सम्पर्क सहज हुने र त्यसबाट सुदूरपश्चिमले भविष्यमा लाभ लिनसक्ने अपेक्षा गरिएको छ । नेपालले भैरहवास्थित गौतम बुद्ध […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement