Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/वाणिज्य बैंकको औसत ब्याजदर घट्यो, कुनको कति ?

वाणिज्य बैंकको औसत ब्याजदर घट्यो, कुनको कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
वाणिज्य बैंकको औसत ब्याजदर घट्यो, कुनको कति ?

काठमाडौं । सन्चालनमा रहेका २० वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असोजको तुलनामा कात्तिकमा ब‌ैंकहरुले व्यक्तिगत निक्षेपमा दिने ब्याजदर औसतमा घटेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता अधिक भएको र ऋण लगानी नभएपछि ब्याजदर थप घटेको हो । असोजमा औसतमा ४.०८ प्रतिशतविन्दुमा रहेको ब्याजदर कात्तिकमा ०.०७ प्रतिशतविन्दुले घटेर ४.०१ प्रतिशतविन्दुमा रहेको छ । एभरेष्ट बैंकले असोजको तुलनामा कात्तिकमा दिने ब्याजदर बढेको छ । बाँकी बैंकले असोजकै ब्याजदर कायम राखेका छन् । एभरेष्टले असोजको तुलनामा ब्याजदर ०.२५ प्रतिशतविन्दुले बढाएर ३.७५ प्रतिशत रहेको छ। कात्तिक महिनाका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ब्याजदर ०.८ प्रतिशतविन्दुले घटेर ३.७ प्रतिशत रहेको छ । नबिल बैंकले ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत प्रभु बैंकको ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत रहेको छ । नेपाल एसबिआई बैंकको ब्याजदर ०.१ प्रतिशतविन्दुले घटेर ४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.०५ प्रतिशतविन्दुले घटेर ३.७ प्रतिशत, कुमारी बैंकले ०.०३ प्रतिशतविन्दुले घटेर ३.७ प्रतिशत रहेको छ । अन्य बैंकको ब्याजदर यथावत रहेको छ । हिमालयन बैंकको ४ प्रतिशत,सानिमा बैंकको ४.५ प्रतिशत, एनएमबि बैंकको ४.५ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५ प्रतिशत,कृषि विकास बैंकको ४.१५ प्रतिशत, नेपाल बैंकको ४.१५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४ प्रतिशत, एनआईसी एसिया बैंकको ४ प्रतिशत,राष्ट्रिय वाणिज्य बैंकको ४ प्रतिशत, प्राइम कमर्सियल बैंकको ४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४ प्रतिशत, सिटिजन्स बैंक ३.८५ प्रतिशत, र सिद्धार्थ बैंकको ३.७६ प्रतिशत रहेको छ । The post वाणिज्य बैंकको औसत ब्याजदर घट्यो, कुनको कति ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
ताजा खबरJust now

दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालिको दसैँको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार यस वर्ष उक्त मूल्य बराबरका... ...

रातोपाटी
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
ताजा खबरJust now

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कोशीका अर्बौँका गेमचेन्जर आयोजना कोशी प्रदेशका ‘गेमचेन्जर’ आयोजनामध्ये केही निर्माणको अन्तिम चरणमा... ...

रातोपाटी
बाढीमा बेपत्ता भएकाहरूको विवरण बुझाउन आग्रह
ताजा खबरJust now

बाढीमा बेपत्ता भएकाहरूको विवरण बुझाउन आग्रह

पर्सा । परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण सङ्कलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ । बाढीमा बेपत्ता... ...

रातोपाटी
दसैंको अर्थशास्त्र
ताजा खबरJust now

दसैंको अर्थशास्त्र

दसैंमा भरिभराउ हुने घर–आँगन र चहलपहल हुने बस्तीको ठाउँमा सुनसान घर र रित्तिँदा गोठ देखिनु ग्रामीण अर्थतन्त्रको क्षयको प्रतीक बनेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play