Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

वनमन्त्री चौधरी टर्किए प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
वनमन्त्री चौधरी टर्किए प्रस्थान
Photo / Coverage: नेपालन्युज

काठमाडौं।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन्। सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्। साथै, उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको असरका विषयलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्नेछिन्। साथै जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयमा नेपालको धारणा राख्ने उनको सचिवालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पिचलाई दोष दिन मिल्दैन, हाम्रो ब्याटिङ कमजोर रह्यो : कप्तान हर्मित सिंह
Latest NewsJust now

पिचलाई दोष दिन मिल्दैन, हाम्रो ब्याटिङ कमजोर रह्यो : कप्तान हर्मित सिंह

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग २७ रनले पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले आफ्नो टोलीको ब्याटिङ कमजोर रहेको स्वीकार गरेका छन् । मंगलबार सुदूरपश्चिमले दिएको १... ...

रातोपाटी
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल
Latest NewsJust now

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ, कात्तिक २४ गते । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउनुभएको छ ।नेपाल संवत् ११४७ (नय... ...

गोरखापत्र
कमला पुल निर्माण अन्तिम चरणमा
Latest NewsJust now

कमला पुल निर्माण अन्तिम चरणमा

जनकपुरधाम। तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वर्षौंदेखि पुल सञ्चालनको प्रतीक्षामा रहेका दुवै जिल्लाका स्थानीयवासी निर्माणकार्यले... ...

रातोपाटी
१ सय १ प्रतिस्पर्धीलाई उछिन्दै सञ्जय राई बने चौथो स्टोन स्किपिङ च्याम्पियनसीपको विजेता
Latest NewsJust now

१ सय १ प्रतिस्पर्धीलाई उछिन्दै सञ्जय राई बने चौथो स्टोन स्किपिङ च्याम्पियनसीपको विजेता

काठमाडाैँ। वराहक्षेत्र-२ चतराका सञ्जय राईले स्टोन स्किपिङ च्याम्पियनसीप प्रतियोगिताको चौथो संस्करणको उपाधि जितेका छन् । मंगलबार सुनसरीको वराहक्षेत्र-११ मधुवनस्थित तीन टोलिया पोखरीमा आयोजित प्रतियोगितामा १ सय १ प्रतिस्पर्धीलाई उछिन्दै राईले उपाधिसहित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play