Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम

Share:WhatsAppFacebookX (Twitter)Telegram
वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम
Photo / Coverage: केन्द्रबिन्दु

सुर्खेत । कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वनसम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौता भई २०८२ मै सकिनुपर्ने थियो । तर रुख कटान र जग्गा भोगाधिकारको गोलचक्करमा परेर ७० प्रतिशत भौतिक प्रगतिमै अल्झिएको छ । म्याद थप गर्दासमेत ३० प्रतिशत काम बाँकी छ । सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनबाट सुरु भई दैलेखको चुप्रामा टुंगिने यो आयोजनाको कुल लागत ८० करोड रुपैयाँ छ । निर्माणको जिम्मा सिग्मा काठमाडौंले लिएको छ । ३२ किलोमिटर लामो यस खण्डमा १०१ वटा एंगल टावर बनाउनुपर्नेछ । तर हालसम्म ४१ वटा मात्र बनेका छन् । ४० टावरका फाउन्डेसन तयार भएका छन् भने वनको कानुनी अल्झनले २० टावरका फाउन्डेसन खन्नसमेत सकिएको छैन । आयोजनाको सुस्तताको मुख्य कारण भौगोलिक विकटता वा निर्माण व्यवसायीको लापरबाही होइन, सरकारी संयन्त्रभित्रकै कानुनी तथा प्रशासनिक अड्चन हो । प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने रुख कटानका लागि मन्त्रिपरिषद्बाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । तर लामो समयदेखि औपचारिक निर्णय हुन नसक्दा २० वटा टावरको काम सुरु हुन सकेको छैन । आयोजनाका अनुसार साना तथा ठूला गरी झन्डै १९ हजारभन्दा बढी रुख कटान गर्नुपर्नेछ । वातावरणीय प्रभाव मूल्याङ्कन, नापजाँच र वन मन्त्रालयअन्तर्गतका सबै प्रशासनिक प्रक्रिया पूरा गरेर स्वीकृतिका लागि फाइल मन्त्रालयमा पेस गरिसकिएको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । ‘मन्त्रिपरिषद्बाट अनुमति पाउनासाथ निर्माणले गति लिन्छ,’ उनले भने । रुख कटानको अड्चनले टावर निर्माण रोकिए पनि दैलेखको डुंगेश्वर गाउँपालिका–१ चुप्रामा निर्माणाधीन १३२ केभी सबस्टेसनको ६० प्रतिशत काम सकिएको छ । कोहलपुर–सुर्खेतको पुनरावृत्ति यो समस्या नयाँ होइन । २०७६ असार २२ मा नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच करिब ७० करोड रुपैयाँमा सम्झौता भएको कोहलपुर–सुर्खेत १३२ केभी खण्ड दुई वर्षमा सक्नुपर्ने थियो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जले १६१ वटा टावरका लागि जग्गा र रुख कटानको अनुमति दिन ढिलाइ गर्दा त्यो आयोजना साढे चार वर्ष ढिलो गरी २०८२ माघ १८ मा मात्र सञ्चालनमा आयो । यो ढिलाइको मूल्य सर्वसाधारणले चुकाइरहेका छन् । सुर्खेतमा पहिलो पटक ३३ केभीए प्रसारण लाइन विस्तार भएको २०४५ सालमा हो, अर्थात् करिब ३८ वर्षअघि । त्यति पुरानो पूर्वाधारका कारण प्रदेश राजधानीसहित धेरै जिल्लाका नागरिक लो भोल्टेज र अघोषित लोडसेडिङ खेप्न बाध्य छन् । सुर्खेत–दैलेख प्रसारण लाइन एक जिल्लाको विद्युतीकरणसँग मात्र जोडिएको आयोजना होइन, यो समग्र कर्णाली प्रदेशको ऊर्जा सुरक्षाको मेरुदण्ड हो । सरकारको दीर्घकालीन योजनाअनुसार यो लाइनलाई कालीकोट हुँदै जुम्लासम्म पुर्‍याउने लक्ष्य छ । तर दोस्रो चरणको कालीकोट–जुम्ला प्रसारण रुटमा सरकारले हालसम्म कुनै ठोस नीतिगत तथा बजेट योजना अघि बढाएको छैन । विस्तृत अध्ययन प्रतिवेदनअनुसार यो खण्ड कुल ८२.१४ किलोमिटर लामो हुनेछ । यसलाई डबल सर्किटसहितको १३२ केभी प्रसारण लाइनका रूपमा बनाउने प्रस्ताव छ । यस खण्डमा मात्र २७९ वटा टावर बनाउनुपर्नेछ । विद्युत् विकास विभागका अनुसार यो खण्डका लागि कुल १५०.३३ हेक्टर जमिन आवश्यक पर्छ । जसमध्ये टावरको स्थायी संरचनाका लागि करिब १२.४ हेक्टर अधिग्रहण गर्नुपर्नेछ भने राइट अफ वेअन्तर्गत १३२.६९ हेक्टर जमिन आयोजनाको उपयोगमा आउनेछ । विद्युत् नियमावली, २०५० अनुसार प्रसारण लाइनको क्षेत्राधिकार मध्यबिन्दुबाट दायाँबायाँ नौ–नौ मिटर गरी न्यूनतम १८ मिटर कायम गरिन्छ । १३२ केभी प्रसारण लाइनको अभावमा स्थानीय नागरिकले नियमित र गुणस्तरीय बिजुली उपभोग गर्न पाएका छैनन् । कर्णालीका विभिन्न नदी तथा खोलामा निर्माणाधीन र निर्माणको पर्खाइमा रहेका दर्जनौँ जलविद्युत् आयोजनाको भविष्य पनि अन्योलमा छ । उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्न नसकिने डरले निजी क्षेत्रका स्वतन्त्र ऊर्जा उत्पादकसमेत कर्णालीमा ठूलो लगानी गर्न हिचकिचाइरहेका छन् । नेपाल न्यूज बैंक न्युज एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई बोलायो साइबर ब्युरोले
Latest NewsJust now

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई बोलायो साइबर ब्युरोले

काठमाडाैं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोले बाेलाएकाे छ । चाडपर्वको बिदाका समयमा समेत प्रहरीले ताकेता गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शिवाकोटीले एक घण्टाभित्र साइबर ब्युरो पुग्ने जानकारी दिएका हुन्। उनले आजका सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्ने उल्लेख गरेका छन्। ‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु। आजको सबै भेटघाट सम्भव ...

केन्द्रबिन्दु
श्रमिकको न्यूनतम दैनिक ज्याला रु. १,७४० र मासिक पारिश्रमिक रु. ३२,६०७ कायम
Latest NewsJust now

श्रमिकको न्यूनतम दैनिक ज्याला रु. १,७४० र मासिक पारिश्रमिक रु. ३२,६०७ कायम

काठमाडौँ । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकहरूको हकहित र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले नयाँ कार्यविधि जारी गरेकाे छ। पूर्वाधार विकास मन्त्रालयले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक... ...

रातोपाटी
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’
Latest NewsJust now

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

ललितपुर । रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ । तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play