Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

लोहरुङ र सेकाहा सेमिफाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
लोहरुङ र सेकाहा सेमिफाइनलमा
Photo / Coverage: नेपालन्युज

संखुवासभा। संखुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब पाङ्मा र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्। आज सम्पन्न खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने सेकाहाले झापा–११ लाई २–० गोलले हराएको छ। खाँदबारी नगरपालिका–३ मानेभञ्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा लोहरुङ र सलहेशबीचको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि भएको टाइब्रेकरमा दुवै टोलीले चार–चार गोल गरेपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो। सडन डेथमा लोहरुङले ६–५ गोलले जित निकालेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा सलहेशले सुरुवाती अग्रता बनाएको थियो। निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडन डेथमा बाजी मार्दै लोहरुङले सेमिफाइनलको यात्रा तय गरेको हो। आजै भएको अर्को खेलमा संखुवासभाकै सेकाहा सामुदायिक क्लबले झापा–११ लाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। सेकाहाका लागि मिलन लिम्बूले खेलको ५५औं र ६३औं मिनेटमा लगातार दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको सेकाहाले झापा–११ लाई गोल गर्ने अवसर नदिई महत्त्वपूर्ण जित निकालेको हो। यही कात्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक जिल्लामान राईले बताए।प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख र उपविजेताले तीन लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही सात हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी पाँच हजार प्रदान गरिनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछन्। एडभान्स क्लब मानेभञ्याङको आयोजनामा सोमबारदेखि महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित
Latest NewsJust now

साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र हुथी विद्रोही आक्रमणपछि पछिल्लो केही सातायता साउदी अरबमा हुने विभिन्न खेलकुद प्रतियोगिता रद्द तथा स्थगित हुँदै आएको छ । ...

कान्तिपुर
जवाफदेहिता अभिवृद्धि गर्न कार्यसम्पादन सम्झौता
Latest NewsJust now

जवाफदेहिता अभिवृद्धि गर्न कार्यसम्पादन सम्झौता

अनिल पराजुली हेटौँडा, कात्तिक १७ गते । बागमती प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले संस्थागत जवाफदेहिता अभिवृद्धि र निर्धारित लक्ष्य समयमै हासिल गर्ने उद्देश्यले मा... ...

गोरखापत्र
कार्यभार सम्हाल्न नेपालका लागि भारतीय राजदूत दलेला काठमाडौँमा [तस्बिरसहित]
Latest NewsJust now

कार्यभार सम्हाल्न नेपालका लागि भारतीय राजदूत दलेला काठमाडौँमा [तस्बिरसहित]

नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगेका छन् । उनी आफ्नो कार्यभार सम्हाल्न आज काठमाडौँ आएका हुन् । ...

हाम्राकुरा
जग्गा सट्टापट्टामा पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्दा
Latest NewsJust now

जग्गा सट्टापट्टामा पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

मोरङको रिजाल एन्ड कम्पनीका नाममा रहेको ५९ बिघा ९ कट्ठा १२ धुर जग्गा सरकारले जफत गर्नुपर्नेमा उल्टै मन्त्रिपरिषद्बाट निर्णय गराएर सट्टापट्टा गराइ भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री मीनेन्द्र रिजालसहित ९७ जना प्रतिवादी, ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिघो मागदाबी ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play