Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

‘लैङ्गिक हिंसा अन्त्य गर्न न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘लैङ्गिक हिंसा अन्त्य गर्न न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक’
Photo / Coverage: नेपालन्युज

ललितपुर। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा सहज पहुँच र आर्थिक सशक्तीकरण आवश्यक रहेको बताएकी छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रममा आज सम्बोधन गर्दै उनले पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न न्याय प्रणालीलाई सहज, छिटो, छरितो र कम खर्चिलो बनाउनुपर्नेमा जोड दिइन्। उनले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र आठ प्रतिशतले यौन हिंसा भोगेको तथ्याङ्क रहेको बताइन्। हिंसा प्रभावितमध्ये ५८ प्रतिशतले कसैसँग सहयोग नमागेको र न्यायका लागि पहल नगरेको तथ्यले समस्या थप जटिल रहेको उनको भनाइ थियो। सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानुनी सहायताको अभाव र आर्थिक परनिर्भरता न्याय प्राप्तिका प्रमुख बाधक रहेको उल्लेख गर्दै उनले हिंसापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक तथा सामाजिक अवरोध हटाउनुपर्ने बताइन्। लैङ्गिक हिंसाले प्रभावितको शिक्षा, रोजगारी, उत्पादकत्व र आयआर्जनमा प्रत्यक्ष असर पार्नुका साथै स्वास्थ्य उपचार, कानुनी प्रक्रिया र मनोसामाजिक परामर्शमा आर्थिक भार थप्ने मन्त्री बादीले बताइन्। सरकारले लैङ्गिक हिंसाविरुद्ध राष्ट्रिय कार्ययोजना तयार गरी पीडितको उद्धार, संरक्षण र पुनःस्थापनाका साथै निःशुल्क कानुनी सहायता, सुरक्षित आवास गृह तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत सेवा विस्तार गरिरहेको उनले जानकारी दिइन्। मन्त्री बादीले लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन, तीनै तहका सरकारबीच समन्वय र निजी क्षेत्रसहित सबै सरोकारवालाको सहकार्यबाट हिंसामुक्त तथा आर्थिक रूपमा सबल समाज निर्माण गर्नुपर्ने बताइन्। राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिक हिंसा न्यूनीकरण तथा अन्त्यका लागि सम्बद्ध सबै पक्षबीच सहकार्य गर्दै पीडितको सहज पहुँचमा न्याय सुनिश्चित गर्नुपर्ने बताइन्। उनले हिंसा प्रभावित महिलालाई निःशुल्क कानुनी सहायता, सुरक्षित आवास, मनोसामाजिक परामर्श, पुनःस्थापना र आर्थिक सशक्तीकरणका अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिइन्। साथै, लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको भनाइ थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दसौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा कोशी र बागमतीको बराबरी
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा कोशी र बागमतीको बराबरी

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधवार भएको दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशले बराबर गोल गरेपछि अङ्क बाँडेका छन् । कर्णाली रङ्गशालामा भएको खेलमा कोशी र बागमतीले... ...

रातोपाटी
नागरिक लगानी कोषको अर्बौं रकम परिचालनमा सांसदहरूले खोजे स्पष्ट नीति
Latest NewsJust now

नागरिक लगानी कोषको अर्बौं रकम परिचालनमा सांसदहरूले खोजे स्पष्ट नीति

काठमाडाैँ । नागरिक लगानी कोषमा अर्बौं रकम रहेको भन्दै त्यसको सही रुपमा परिचालनका लागि स्पष्ट नीति जरुरी रहेको सांसदहरूले बताएका छन् । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा सांसदहरूले कोषको लगानी नीति, प्रतिफल, संस्थागत सुशासन र योगदानकर्ताको हितका विषय उठाएका हुन् । उनीहरूकाअनुसार अर्बौं परिचालनका लागि स्पष्ट लगानी नीति हुनुपर्छ । ...

टक्सार
सर्वोच्चले सरकारसँग माग्यो आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्नुको कारण
Latest NewsJust now

सर्वोच्चले सरकारसँग माग्यो आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्नुको कारण

• सर्वोच्च अदालतले लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। • नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, र अन्य सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जबाफ पेश गर्न भनिएको छ। • आनीको नागरिकतामाथि प्रश्न र विगतमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दाबी गर्दै रिट दर्ता गरिएको हो। ...

नेपालबहस
नेपाल-फिनल्यान्ड चेम्बरको साधारणसभा : नेपाल–फिनल्यान्ड व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड
Latest NewsJust now

नेपाल-फिनल्यान्ड चेम्बरको साधारणसभा : नेपाल–फिनल्यान्ड व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड

काठमाडौं। नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, पर्यटन, प्रविधि, शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा फिनल्यान्डका लागि नेपालस्थित राजदूत पेट्री पुभाक्का (H.E. Petri Puhakka) प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा अध्यक्ष प्रज्वल जंग पाण्डेले स्वागत मन्तव्य दिँदै नेपाल–फिनल्यान्ड चेम्बर सन् २०२२ मा दुई देशबीच आर्थिक कूटनीति र व्यापारिक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement