Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

लैङ्गिक हिंसा अन्त्यलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्नेमा मन्त्री बादीको जोड, पीडितको संरक्षण र न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
लैङ्गिक हिंसा अन्त्यलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्नेमा मन्त्री बादीको जोड, पीडितको संरक्षण र न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । लैङ्गिक हिंसालाई सामाजिक समस्या वा मानवअधिकारको उल्लङ्घनमा मात्र सीमित नराखी राष्ट्रिय अर्थतन्त्र, उत्पादकत्व र समग्र विकाससँग जोडेर सम्बोधन गर्नुपर्नेमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जोड दिइन्। महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका अवसरमा आयोजित राष्ट्रिय प्यानल छलफललाई सम्बोधन गर्दै मन्त्री बादीले हिंसापीडितले समयमै न्याय, संरक्षण र पुनर्स्थापना नपाउँदा त्यसको असर व्यक्ति र परिवारमा मात्र नभई समग्र राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा पर्ने बताइन्। उनले लैङ्गिक हिंसाको अन्त्य, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चिततालाई राज्यको प्राथमिक दायित्वका रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै हिंसामुक्त समाज निर्माणलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्ने बताइन्। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र ५ प्रतिशतले यौन हिंसा भोगेको तथ्य प्रस्तुत गर्दै मन्त्री बादीले हिंसा भोगेका ५८ प्रतिशत महिलाले कसैसँग सहयोग नमागेको वा न्यायको खोजी नगरेको अवस्थालाई गम्भीर चुनौतीका रूपमा औँल्याइन्। सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानुनी सहायताको अभाव, न्यायिक प्रक्रियाको उच्च खर्च र आर्थिक परनिर्भरताका कारण हिंसापीडित महिलाहरू न्यायको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न राज्यका सबै संयन्त्र जिम्मेवार र जवाफदेही हुनुपर्ने उनको भनाइ थियो। हिंसाले महिलाको शिक्षा, रोजगारी, आयआर्जन र उत्पादकत्वमा प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै मन्त्री बादीले स्वास्थ्य उपचार, कानुनी सहायता, मनोसामाजिक परामर्श तथा पुनर्स्थापनामा लाग्ने खर्चले व्यक्ति, परिवार र राष्ट्रमाथि दीर्घकालीन आर्थिक भार सिर्जना गर्ने बताइन्। त्यसैले लैङ्गिक हिंसा अन्त्य र न्याय सुनिश्चित गर्न गरिने लगानीलाई खर्चका रूपमा नभई दिगो आर्थिक विकास र समृद्धिका लागि अपरिहार्य लगानीका रूपमा बुझ्नुपर्ने उनले स्पष्ट पारिन्। नेपालको संविधानको धारा ३८(३) ले प्रत्येक महिलालाई हिंसाविरुद्धको मौलिक हक सुनिश्चित गरेको तथा घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ र मुलुकी अपराध संहिता, २०७४ लगायतका कानुनी व्यवस्था कार्यान्वयनमा रहे पनि कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन, संस्थागत जवाफदेहिता र न्यायमा सहज पहुँच सुनिश्चित गर्नु अहिलेको मुख्य आवश्यकता रहेको मन्त्री बादीले बताइन्। सरकारले लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना आर्थिक वर्ष २०८२र८३ देखि २०८७र८८ सम्मका लागि तर्जुमा गरी हिंसाप्रति शून्य सहनशीलता, मानव अधिकारको सम्मान, लैङ्गिक समानता, पीडितकेन्द्रित दृष्टिकोण, अन्तरतह समन्वय र जवाफदेहितालाई प्रमुख आधार बनाएको उनले जानकारी दिइन्। उक्त कार्ययोजनामार्फत सबै प्रकारका लैङ्गिक तथा प्रविधिजन्य हिंसाको रोकथाम, हिंसाप्रभावितको तत्काल उद्धार, संरक्षण तथा पुनर्स्थापना, निःशुल्क कानुनी सहायता, द्रुत न्यायिक सुनुवाइ र तीनै तहका सरकारबीच प्रभावकारी समन्वयलाई प्राथमिकतामा राखिएको छ। त्यसैगरी, लैङ्गिक हिंसा निवारण कोषमार्फत स्थानीय तहमा प्रत्यक्ष बीउ पुँजी हस्तान्तरण, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र , सुरक्षित आवास गृह तथा निःशुल्क कानुनी सहायताको विस्तारमा सरकार क्रियाशील रहेको मन्त्री बादीले बताइन्। उनले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई दिवस र औपचारिक प्रतिबद्धतामा मात्र सीमित नराखी व्यवहारमा परिणाम देखिने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। सङ्घ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, विकास साझेदार, निजी क्षेत्र तथा सञ्चारमाध्यमबीचको समन्वय र सहकार्यबाट मात्रै हिंसाविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो। न्यायमा ढिलाइ हुनु भनेको प्रभावित व्यक्तिको आर्थिक र सामाजिक भविष्यमा थप क्षति पुग्नु भएको उल्लेख गर्दै मन्त्री बादीले न्यायमा पहुँचका विद्यमान अवरोध हटाउने, लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन गर्ने र हिंसापीडितलाई समयमै न्याय तथा पुनर्स्थापनाको सुनिश्चितता गर्ने विषयमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताइन्। कुनै पनि व्यक्तिले आफ्नो सुरक्षा, न्याय र जीविकोपार्जनमध्ये एउटा रोज्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने स्पष्ट पार्दै उनले हिंसाप्रभावितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको सन्देश दिइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु
Latest NewsJust now

पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पोखरा ३२ मजुवामा भएको दुर्घटनामा तनहुँका एक पुरुषको मृत्यु भएको हो । पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग १७ प... ...

रातोपाटी
लैंगिक हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
Latest NewsJust now

लैंगिक हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

लैंगिक हिंसाविरुद्ध बुधबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।  लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा माइतीघरमा प्रदर्शन गरिएको हो। युथ एड्भोकेसी नेपालको संयोजनमा नेपाल महिला एकता समाज, एक्सन एड नेपाल, ला भिया क्याम्बोडिय र वल्ड मार्च अफ वुमन संस्थाले प्रदर्शन गरेका हुन्।  यसका क्रममा माइतीघरमा सडक नाटक पनि प्रदर्शन गरिएको छ। महिला ... ...

नेपालखबर
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिसम्मका लागि स्थगित, ११ बजे फेरि बस्ने
Latest NewsJust now

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिसम्मका लागि स्थगित, ११ बजे फेरि बस्ने

काठमाडौँ । हिजोदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजका लागि स्थगित भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो। पार्टीका... ...

रातोपाटी
एयर रूट कसरी तय गरिन्छ ? भैरहवा रूट खुल्दा के-के हुन्छ फाइदा ? (भिडियो रिपोर्ट)
Latest NewsJust now

एयर रूट कसरी तय गरिन्छ ? भैरहवा रूट खुल्दा के-के हुन्छ फाइदा ? (भिडियो रिपोर्ट)

काठमाडौँ । नेपालमा दैनिक एक सयदेखि ११५ वटासम्म अन्तर्राष्ट्रिय उडान र अवतरण हुने गरेका छन् । नेपालबाट विमान बाहिरिन नेपालसँग धेरैवटा प्रस्थान बिन्दु छन् । तर विदेशबाट भित्रिने विमानका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement