Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

लेबनान–इजरायल युद्धविराम : तर रोकिएन युद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
लेबनान–इजरायल युद्धविराम : तर रोकिएन युद्ध
Photo / Coverage: पर्दाफास

लेबनान–इजरायल युद्धविराम लागू भएको दुई वर्ष बितिसक्दा पनि युद्ध पूर्ण रूपमा रोकिएको छैन । इजरायली हवाई आक्रमण र विस्तार हुँदै गएको ‘येलो लाइन’का कारण दक्षिणी लेबनानका करिब ६५ वटा बस्ती लगभग पूर्ण रूपमा ध्वस्त भएका छन् भने स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कनसमेत असमर्थ भएका छन्। सन् २०२४ नोभेम्बर २७ मा युद्धविराम सम्झौता औपचारिक रूपमा लागू भएको थियो। तर, त्यसपछि पनि हिंसात्मक गतिविधि रोकिएन। यस वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध ठूलो स्तरको सैन्य कारबाही सुरु गरे। इरानको प्रमुख क्षेत्रीय सहयोगीका रूपमा रहेको लेबनानको सशस्त्र समूह हिजबुल्लाहले मार्च २ को साँझ उत्तरी इजरायलतर्फ रकेट प्रहार गर्न थालेपछि इजरायलले लेबनानको राजधानी बेरुत र दक्षिणी लेबनानमा हवाई आक्रमण सुरु गर्यो। यसै वर्षको मे महिनामा इजरायली सेनाले पुनः दक्षिणी लेबनानमा आक्रमण गर्यो। संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार यस वर्ष अक्टोबर २० सम्म दक्षिणी लेबनानका करिब ६५ वटा बस्ती लगभग पूर्ण रूपमा ध्वस्त भएका छन् र त्यहाँ पुग्नसमेत कठिन भएको छ। लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम शान्ति सेना (युनिफिल) ले यसै महिना सार्वजनिक गरेको प्रतिवेदनमा निरन्तर जारी सैन्य कारबाही तथा आवासीय भवन र पूर्वाधारमा भएको व्यापक क्षतिका कारण स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कन नसकेको जनाएको छ। दक्षिणी लेबनानको टायर क्षेत्रस्थित हिनियाह गाउँका ६२ वर्षीय अहमद अबुस गाउँ प्रमुख हुन्। उनले आफ्नो घरको पहिलो तलामा रहेको बैठक कोठालाई कार्यालयमा परिणत गरेका छन्। जहाँबाट उनी दैनिक गाउँका कामकाज सञ्चालन गर्नुका साथै स्थानीय बासिन्दाका विभिन्न कागजातसम्बन्धी काम गर्छन्। लेबनान र इजरायलबीच विगतमा भएका विभिन्न चरणका द्वन्द्वका क्रममा हिनियाह गाउँ पटक–पटक इजरायली हवाई आक्रमणको निशानामा परेको थियो। जसका कारण गाउँमा ठूलो क्षति पुगेको छ। ‘वास्तवमा हाम्रो गाउँका करिब ६० प्रतिशत घर हवाई आक्रमणमा ध्वस्त भएका छन्। अहिले गाउँका करिब ३० प्रतिशत बासिन्दा मात्रै फर्किएका छन्,’ उनले भने। अबुसका अनुसार अझै पनि धेरै गाउँले आफ्नो घर फर्कन सकेका छैनन्। यस वर्ष मार्चमा पुनः युद्ध सुरु भएपछि आफ्ना सामान लिन तीन जना गाउँले ज्यानको जोखिम मोलेर गाउँ फर्किएका थिए। तर, उनीहरू इजरायली हवाई आक्रमणमा परी दुःखद रूपमा मारिए। यस द्वन्द्वमा गाउँ प्रमुखको जस्तै सबैको घर सुरक्षित रहन वा पुनर्निर्माण हुन सकेको छैन। कुनै समय दुई तले सानो भवनका रूपमा रहेको उनको घर इजरायली सेनाको आक्रमणबाट पूर्ण रूपमा ध्वस्त भएको छ। अहिले त्यहाँ बाहिर निस्किएका र बाङ्गिएका फलामका छड तथा पानीका पाइपहरू र विगतमा त्यहाँ मानिसहरूको जीवन रहेको प्रमाण दिने केही भग्नावशेष मात्रै बाँकी छन्। द्वन्द्वका क्रममा आईडीएफले सन् २००० मा संयुक्त राष्ट्रसंघले निर्धारण गरेको लेबनान र इजरायलबीचको सीमारेखा ‘ब्लु लाइन’ बाट निरन्तर उत्तरतर्फ आफ्नो नियन्त्रण विस्तार गर्दै दक्षिणी लेबनानका गाउँहरूलाई योजनाबद्ध रूपमा एकपछि अर्को गर्दै ध्वस्त पारिरहेको छ। पहाडी क्षेत्रका वनस्पति नष्ट भएका छन् भने अधिकांश घरहरू भत्काइएका छन्। यसका कारण स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कन असमर्थ भएका छन्। यता, पहाडपारिबाट आईडीएफको तोपखानाको निरन्तर गडगडाहट सुनिने गरेको छ। दक्षिणी लेबनानको टायर क्षेत्रको दक्षिणमा अवस्थित मान्सुरी इजरायली आक्रमणबाट सबैभन्दा बढी प्रभावित गाउँहरूमध्ये एक हो। यस तटीय गाउँका घर, विद्यालय, अस्पताललगायत अन्य भवनहरूमा समेत ठूलो क्षति पुगेको छ। यस वर्ष मे महिनामा लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायलले दक्षिणी लेबनानमा ‘स्कच्र्ड अर्थ पोलिसी’ अर्थात् ‘जलेको जमिनको नीति’ लागू गरिरहेको आरोप लगाएका थिए। उनले इजरायलले सहर तथा गाउँहरू ध्वस्त पार्दै बासिन्दाहरूलाई आफ्नो घर छाड्न बाध्य बनाएको बताएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मिटरब्याज ऐन बन्दै, खाली कागजमा ल्याप्चे गराए ५ वर्षसम्म कैद
OthersJust now

मिटरब्याज ऐन बन्दै, खाली कागजमा ल्याप्चे गराए ५ वर्षसम्म कैद

सरकारले अनुचित लेनदेन (मिटरब्याज) (नियन्त्रण तथा नियमन) विधेयक संसद्मा लैजाने तयारी थालेको छ । यसका लागि गृहमन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको छ । ...

अनलाइन खबर
निर्वाचन आयोगको दुई वर्षे कार्ययोजना : ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन
OthersJust now

निर्वाचन आयोगको दुई वर्षे कार्ययोजना : ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन

निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण रूपमा कार्यान्वयन गरेको छ । आयोगका अनुसार १६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा क्रियाकलाप अझै सुरु हुन सकेका छैनन् । शुक्रवार ललितपुरमा आयोजित चौथो पञ्चवर्षीय रणनीतिक योजनासम्बन्धी सरोकारवालासँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार ...

पर्दाफास
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी भन्छन्– ‘बास देउ, नत्र थापाथलीमै छोडिदेउ’
OthersJust now

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी भन्छन्– ‘बास देउ, नत्र थापाथलीमै छोडिदेउ’

वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सरकारको विरोध गरेका छन् । सरकारले गत १२ र १३ बैशाखमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएर खाली गराएको थियो । घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोवासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएपछि उनीहरुले सरकारको निर्णयको विरोध गरेका छन् । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम ...

पर्दाफास
इनम सापकोटाको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगले जानकारी लिने
OthersJust now

इनम सापकोटाको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगले जानकारी लिने

सुरक्षा निकायले अमानवीय व्यवहार गरेको भन्दै पत्नीक कविताले उजुरी दिएपछि आयोगको टोली सोमबार इनमलाई राखेको ठाउँको निरीक्षण गर्न जाने भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement