काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल उपाध्यक्षमा निर्वाचित भएका छन् । साधारणसभाले चार जना कार्यकारिणी सदस्यसमेत निर्विरोध चयन गरेको छ । सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्य, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे निर्वाचित भएका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्षका रूपमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला रहेका छन् । त्यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर सदस्य छन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा सल्लाहकारमा रहेका छन् ।
नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




