काठमाडौं । कप्तान परिवर्तन गरे पनि कर्णाली याक्सको नेपाल प्रिमियर लिग (एनपीएल) ३ को व्यथा उस्तै रहयो । सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गरे पनि टोली बिहीबार च्याम्पियन लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भयो । कर्णालीले पहिलो दुई खेल जितेर प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको थियो । तर त्यसपछिको तीन खेलमा पराजित भएपछि टोलीको प्लेअफ यात्रा कठिन बनेको पृष्ठभुमिबाट लुम्बिनीविरुद्धको खेलमा कप्तान परिवर्तन गर्ने निर्णय गरेको थियो ।तर टस जितेर ब्याटिङ रोजेको कर्णाली त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १९.२ मात्र टिक्न सक्यो । डार्सी शर्टले ४६ रन बनाएपछि लुम्बिनीले १६.४ ओभरमै पुरा गर्यो । कर्णालीको यो लगातार चौथो हार हो । ओपनर शर्टले ३४ बल खेली ६ चौका र १ छक्कासाथ ४६ रन बनाए । आसिफ शेख र कप्तान रोहित पौडेल १–१, सन्दीप जोरा ४ रनमै आउट भए । निरोशान डिकवेलाले १६ रन बनाए । उनले १३ बल खेली २ चौका प्रहार गरे । सामिम हुसैन ५ रनमै आउट भए । दीलिप नाथ २८ र रुबेन ट्रम्पलमन २ रन बनाई अविजित रहे । दीलिपले २७ बल खेली ४ चौका प्रहार गरे । कर्णालीका मार्क वाटले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै पवन सर्राफ र हुसैन तलातले १–१ विकेट लिए ।
लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






