Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ सुरु
Photo / Coverage: केन्द्रबिन्दु

लुम्बिनी । लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम आइतबारदेखि सुरु भएको छ । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजित सातदिने कार्यक्रममा विभिन्न देशका बौद्ध भिक्षु, भिक्षुणी, विद्वान् तथा साधक सहभागी छन् । लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा आयोजना गरिएको कार्यक्रममा पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धका उपदेश सामूहिक रूपमा वाचन गरिनेछ । बौद्ध परम्परा र सम्प्रदायका अनुयायीलाई एउटै आध्यात्मिक अभ्यासमा जोड्दै बुद्धका शिक्षाको संरक्षण, अध्ययन र विश्वव्यापी प्रसार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन् । कार्यक्रममा विश्वशान्ति, करुणा र सम्पूर्ण प्राणीको कल्याणका लागि सामूहिक प्रार्थना गरिनुका साथै तिब्बती बौद्ध धर्मपरम्पराको महत्त्वपूर्ण ग्रन्थ ‘काङ्ग्युर’मा सङ्ग्रहित बुद्धवचनको वाचन समेत गरने भएको छ । काङ्ग्युर तिब्बती बौद्ध परम्परामा बुद्धका उपदेशको प्रमुख सङ्ग्रह हो । यसमा सूत्र तथा तन्त्रसम्बन्धी विभिन्न ग्रन्थ समावेश छन् । त्यसैगरी, अङ्ग्रेजी भाषामा बुद्धवचन वाचनका लागि अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘८४००० : ट्रान्सलेटिङ द वड्र्स अफ द बुद्ध’ले अनुवाद गरेका ग्रन्थ प्रयोग गरिने आयोजकले बताए । उक्त संस्थाले तिब्बती बौद्ध ग्रन्थलाई आधुनिक अङ्ग्रेजी भाषामा अनुवाद गरी विश्वभरका पाठकका लागि उपलब्ध गराउँदै आएको छ । तिब्बती बौद्ध परम्पराको महत्त्वपूर्ण पर्व ‘ल्हाबाब दुछेन’ को अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । बौद्ध मान्यताअनुसार बुद्धले देवताको लोकमा आफ्नी माता तथा देवगणलाई धर्मोपदेश दिएपछि पुनः पृथ्वीमा अवतरण गर्नुभएको घटनाको स्मरणमा यो पर्व मनाइन्छ । तिब्बती बौद्ध पात्रोअनुसार नवौँ महिनाको २२ औँ दिनमा पर्ने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ । उक्त अवसरमा बुद्धवचन पाठ, ध्यान, प्रार्थना, दान तथा अन्य पुण्यकर्मलाई विशेष महत्त्व दिने गरिन्छ । बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न देश र बौद्ध परम्पराका अनुयायी एकै स्थानमा भेला भई बुद्धका शिक्षाको सामूहिक वाचन तथा साधना गर्नाले लुम्बिनीको अन्तर्राष्ट्रिय धार्मिक र आध्यात्मिक महत्त्व थप उजागर हुने अपेक्षा गरिएको छ । सात दिनसम्म सञ्चालन हुने कार्यक्रमले बुद्धका शान्ति, करुणा, मैत्री र अहिंसाका सन्देशलाई विश्व समुदायसम्म पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७३ करोड बिगो मागदाबी
Latest NewsJust now

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७३ करोड बिगो मागदाबी

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा हिनामिना गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ... ...

रातोपाटी
तनहुँमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
Latest NewsJust now

तनहुँमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

अमरराज नहर्कीतनहुँ, कात्तिक १७ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्याल... ...

गोरखापत्र
ई-जीपी प्रणाली ह्याक गरी ठेक्का विवरण फेरबदल गर्ने तीन जना पक्राउ
Latest NewsJust now

ई-जीपी प्रणाली ह्याक गरी ठेक्का विवरण फेरबदल गर्ने तीन जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को अनलाइन बोलपत्र (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच बनाएर ठेक्काको आर्थिक प्रस्ताव हेरफेर गरेको आरोपमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले दोस्रो चरणको अनुसन्धानका क्रममा कात्तिक १५ गते उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा टंकनाथ ढकाल, रामेश्वर थापा र प्रकाश बराल रहेका छन्। साइबर ब्युरोका प्रवक्ता […] ...

समयपोष्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play