Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

लामो समयदेखि संवैधानिक पदमा रिक्तता

Share:WhatsAppFacebookX (Twitter)Telegram
लामो समयदेखि संवैधानिक पदमा रिक्तता
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । संवैधानिक आयोगहरूमा लामो समयदेखि रिक्तता देखिएको छ । लोकसेवा र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका आठवटा संवैधानिक अंगका पदहरूमा पदपूर्ति हुन नसक्दा लामो समयदेखि रिक्तता देखिएको हो । १३ संवैधानिक आयोगमध्ये ६ मा अध्यक्ष पद नै खाली छ । पछिल्लो समय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अवकाशमा गएको पनि पाँच महिना व्यतित भइसकेको छ । रेग्मी गत असार ३ गते उमेरहदका कारण अवकाशमा जानुभएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार शिलवाल पनि ६५ वर्ष उमेरहदका कारण २०८२ मंसिर २२ गते नै अवकाशमा जानुभएको थियो । अध्यक्ष खाली भएपछि लोकसेवा आयोगमा सदस्य माधव बेल्वासेलाई कामु प्रमुखको जिम्मेवारी मिलेको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७७ माघ र २०७८ असारमा अध्यादेशका आधारमा नियुक्ति पाउनुभएको थियो । त्यसरी नियुक्त पदाधिकारीहरू ६ वर्षे कार्यकाल पूरा गरी आउँदो माघ र २०८४ असारमा अवाकाशमा जाँदै छन् । ओली नेतृत्वको संवैधानिक परिषद्बाट अध्यादेशका आधारमा नियुक्त गरेपछि संवैधानिक विवाद उत्पन्न भएको थियो । जसविरुद्ध सर्वोच्च अदालत रिट परेको थियो । अदालतबाट रिट खारेज भएपछि उनीहरू अवकाशको चरणमा गएका हुन् । प्रमुखसहित कुल १६ पद रिक्तसंवैधानिक अंगका प्रमुखसहित कुल १६ पद रिक्त रहेका हुन् । मुस्लिम आयोगमा अध्यक्ष र सदस्यसहित दुई पद रिक्त छन् । राष्ट्रिय समावेशी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छ । थारू आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद रिक्त छन् । महिला आयोगमा पनि दुई सदस्य पद खाली छ । राष्ट्रिय मानव अधिकार आयोगमा पनि लामो समयदेखि एक सदस्य पद रिक्त छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ २०८१ चैत ७ मै अनिवार्य अवकाशमा जानुभएको हो । मुस्लिम आयोगमा अर्को एक सदस्य पद सुरुदेखि नै रिक्त थियो । उक्त आयोगमा सदस्य महमदिन अलीले कार्यवाहक अध्यक्षका रूपमा भरथेग गरिरहेका छन् । वित्त आयोगमा पनि बालानन्द पौडेलले २०८१ चैत ७ मै ६ वर्षे कार्यकाल पूरा गर्नुभएकोले अध्यक्ष पद खाली छ । वित्त आयोगमा सदस्य अमरराज मिश्र पनि अध्यक्ष पौडेल अनिवार्य अवकाशमा गएपछि कार्यालयमा हाजिर हुनुभएन । त्यसपछि उहाँले २०८२ साउन १ गते राजीनामा दिनुभयो । सदस्य विपिनराज निरौलाले कार्यवाहक अध्यक्ष पाउनुभएको छ । यता, मधेसी आयोगको अध्यक्ष रहेका डा. विजयकुमार दत्त पनि ६ वर्षे कार्यकाल पूरा गरेर दुई वर्षअघि नै अवकाशमा गइसक्नु भएको हो । दत्त पनि २०८१ चैत ७ मै अनिवार्य अवकाशमा जानुभएको थियो । थारू आयोगको अध्यक्ष पद पनि सोही मितिबाट खाली छ । उक्त आयोगको अध्यक्ष रहेका विष्णुप्रसाद चौधरी पनि ६ वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा जानुभएको थियो । थारू आयोग पनि सदस्य सुबोधसिंह थारू कार्यवाहक अध्यक्ष हुनुहुन्छ । राष्ट्रिय समावेशी आयोगले पनि लामो समययता अध्यक्ष पाउन सकेको छैन । आयोगमा सुरुमा पूर्वसचिव शान्तराज सुवेदी अध्यक्ष नियुक्त हुनुभएको थियो । उहाँले चार महिनामै अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि २०७८ वैशाख २६ मा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार डा. रामकृष्ण तिमल्सेनालाई अध्यक्ष पदमा सिफारिस गर्‍यो । संसद् विघटनका बेला नियुक्त हुनुभएका डा. तिमल्सेना करिब दुई वर्षमै ६५ वर्ष पुगेपछि २०८१ वैशाख २ गतेबाट अवकाशमा जानुभएको थियो । त्यसपछि आयोगकी सदस्य विष्णुमाया ओझाले समावेशी आयोगमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । ओझा पनि ६ वर्षे कार्यकाल पूरा गरी २०८२ वैशाख ४ गते नै अनिवार्य अवकाशमा जानुभएको थियो । बाँकी एक सदस्य हरिदत्त जोशीले कार्यवाहक अध्यक्षको रूपमा रहनुभएको छ । विभिन्न संवैधानिक परिषद्मा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्ने निकाय संवैधानिक परिष्द हो । संवैधानिक परिषद्मा प्रधानमन्त्री शाह अध्यक्ष हुनुहुन्छ भने प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सभामुख डिपी अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्ष दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे र उपसभामुख रुबीकुमारी ठाकुर सदस्य छन् । नियुक्तिका लागि छलफल गर्न प्रधानमन्त्री शाह नेतृत्वको संवैधानिक परिषद्ले बैठक डाक्ने विषयमा तत्काल कुनै तयारी गरेको देखिँदैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
Latest NewsJust now

डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८... ...

रातोपाटी
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली

काठमाडौं – कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा विभिन्न व्यवस्थापन समितिहरू सक्रिय भएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भएको छ । तर, केही खेल भने मङ्सिर ८ गतेदेखि ...

विश्वखबर
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा चीन र रुस छैनन् : अराघची
Latest NewsJust now

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा चीन र रुस छैनन् : अराघची

विदेशमन्त्री अराघचीका अनुसार युद्धपछि नीति परिवर्तनको बहस चर्किए पनि तेहरानको आधिकारिक अडान पुरानै छ र निरीक्षण रोकिएको छ। ...

कान्तिपुर
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play