काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंबाट १० जना, सुनसरीबाट ७ जना, झापा र बाराबाट ६\६ जना, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एकजनालाई पक्राउ गरिएको हो । उनीहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केहीको साथबाट नगद पनि बरामद भएको जनाइएको छ । उनीहरू मंगलबार र बुधबार पक्राउ परेका हुन् । रासस
लागुऔषधसहित २७ जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






