Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

लाओससँग व्यापारिक सम्बन्ध विस्तारमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
लाओससँग व्यापारिक सम्बन्ध विस्तारमा जोड
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल र लाओसबीचको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउँदै व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्नुपर्नेमा जोड दिइएको छ । नेपालका लागि लाओसका अवैतनिक वाणिज्यदूत राजु श्रेष्ठले नेपालका लागि लाओसका नवनियुक्त राजदूत महामहिम भिथाया सायाभोङको सम्मानमा आयोजित स्वागत कार्यक्रममा दुर्ई देशबीच सहकार्यका नयाँ सम्भावनालाई अघि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले नेपाल र लाओसबीचको साझा बौद्ध सम्पदालाई द्विपक्षीय सम्बन्ध विस्तारको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै लुम्बिनीमा लाओसको बुद्ध मन्दिर निर्माणका लागि लाओस सरकार तथा सम्बन्धित निकायको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । नेपाल सरकारले मन्दिर निर्माणका लागि लुम्बिनीमा जग्गा उपलब्ध गराइसकेको जानकारी दिँदै उहाँले उक्त परियोजनालाई दुर्ई देशबीचको मित्रताको स्थायी प्रतीक बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, लामो समयदेखि रोकिएको नेपाल-लाओस चेम्बर अफ कमर्स गठन प्रक्रिया अगाडि बढाउन आफू इच्छुक रहेको बताउँदै श्रेष्ठले दुवै देशका व्यवसायी समुदायको सहभागिताबाट व्यापार, लगानी र पर्यटनका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो । दुई देशबीचका नागरिकबीच एकअर्काको संस्कृति, परम्परा र जीवनशैलीबारे जानकारी तथा अनुभव आदानप्रदान बढाउनुपर्नेमा जोड दिँदै उहाँले जनस्तरको सम्बन्धले कूटनीतिक मित्रतालाई थप अर्थपूर्ण बनाउने बताउनुभयो । नेपालका प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइत तथा तिलगंगा आँखा प्रतिष्ठानले लाओसमा गर्दै आएको सेवा र सहकार्यलाई दुर्ई देशबीचको मित्रताको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गर्दै उक्त कार्यले स्वास्थ्य सेवामार्फत् जनस्तरमा सम्बन्ध विस्तार गरेको उल्लेख गर्नुभयो । उहाँले लाओसका नवनियुक्त राजदूत महामहिम भिथाया सायाभोङलाई सफल कार्यकालको शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउन अवैतनिक वाणिज्यदूतको कार्यालयले निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लाओसका नवनियुक्त राजदूत भिथाया सायाभोङले आफूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै नेपाल र लाओसबीच धेरै समानता रहेको बताउनुभयो । दुवै देशमा पहाड तथा प्राकृतिक सम्पदाको समानता रहेको उल्लेख गर्दै उहाँले पर्यटन र व्यापारका क्षेत्रमा सहकार्य विस्तार गर्न आफू उत्साहित रहेको बताउनुभएको थियो । नेपालका प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतले पनि दुई देशबीचको साझा प्राकृतिक तथा सांस्कृतिक सम्पदाबारे चर्चा गर्नुभयो । दुवै देशमा ऐतिहासिक सम्पदा र पहाडहरू रहेको उल्लेख गर्दै उहाँले लाओसमा बौद्ध धर्मावलम्बीहरूको ठूलो उपस्थिति रहेको र गौतम बुद्धको जन्मस्थल नेपाल भएकाले त्यहाँका नागरिकले नेपाललाई विशेष सम्मान गर्ने गरेको बताउनुभयो । लाओस भ्रमणका क्रममा त्यहाँको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँग भेट गरी अन्धोपनको समस्या र त्यसको समाधानका लागि गर्न सकिने उहाँको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
Latest NewsJust now

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

बाँके । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठुलो लगानी... ...

रातोपाटी
पुरानाकै बाटोमा
Latest NewsJust now

पुरानाकै बाटोमा

सत्तारुढ दलका सांसदहरू यतिबेला विश्वका विभिन्न मुलुकको भ्रमणमा रहनुभएको छ । भ्रमणका उद्देश्य फरक-फरक होलान् र उहाँहरू फरक-फरक मुलुकको भ्रमण गरिरहनु भएको छ तर यसले नयाँहरू पनि पुरानै सरकार र दलहरूको पदचाप पछ्याउँदै अगाडि बढिरहनु भएको छ भन्ने पुष्टि गर्छ । सत्ता परिवर्तन भएर ३५ वर्षदेखिका निरन्तर पालोफेरोमा दोहोरिने तीन दलहरूभन्दा भिन्न लक्ष्य, उद्देश्य र मार्ग तयार गर्ने प्रतिबद्धताकासाथ आएको ...

हिमालय टाइम्स
बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी
Latest NewsJust now

बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी

काठमाडौं । बडादशैँ र तिहारको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये केहीले बक्स अफिसमा उत्साहजनक सुरुवात गरे पनि अधिकांशको व्यापार अपेक्षानुसार हुनसकेको छैन । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणानुसार प्रदर्शनरत नेपाली चलचित्रको कमाइमा ठूलो अन्तर देखिएको छ । एकातिर ‘कबड्डी ५-आफ्टर द फाइनल म्याच’ बक्स अफिसमा अग्रस्थानमा रहँदा अर्कोतिर नयाँ चलचित्र ‘पाँच पाण्डव’को व्यापार ४३ लाख रुपैयाँमा ...

हिमालय टाइम्स
घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य
Latest NewsJust now

घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य

नेपाल राष्ट्र बैंकले आज मंसिर १ गते मंगलरबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हेर्नुहोस् सूची ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play