काठमाडौं । ललितपुरको यूएन पार्क अगाडि रहेको एक रेस्टुरेन्टमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि रहेको भवनमा सञ्चालित ‘सेकुवालय’ रेस्टुरेन्टमा आगलागी भएको हो । केहीबेर अघिबाट सुरु भएको आगलागी अहिले केही नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगेका छन् । आगलागीको कारणबारे भने खुल्न सकेको छैन ।
ललितपुरको ‘सेकुवालय’ रेस्टुरेन्टमा आगलागी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






