Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिता

Share:WhatsAppFacebookX (Twitter)Telegram
लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिता
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन्। १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारे। दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ प्रतियोगितामा उपविजेता बने। नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते। महिलातर्फ अञ्जिला योञ्जनले ३४ अंकसहित उपाधि जितिन् भने बिपना श्रेष्ठ ३३ अंकसहित उपविजेता भइन्। ६० वर्षमाथिको सिनियरतर्फ प्रकाश एसजेबी राणाले ३४ अंकसहित उपाधि जिते। पूर्णमान शाक्य ३३ अंकसहित दोस्रो भए। विजय श्रेष्ठ इनहाउसले लङ्गेस्ट ड्राइभ, रोबिन राणाले क्लोजेस्ट टु द पिन तथा टासी डोङले ६ बर्डीसहित मोस्ट बर्डीजको पुरस्कार जिते। लक्ष्मी सनराइज बैंकको रङ झल्किने पहिरन लगाएका बिजय बहादुर श्रेष्ठ र आत्माराम सिम्खडाले एलिगेन्ट गल्फरको पुरस्कार प्राप्त गरे। लक्ष्मी सनराइज बैंकको प्रायोजनमा आयोजित प्रतियोगिता तीन चौथाइ (३/४) ह्यान्डिक्यापमा स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको थियो। प्रतियोगितामा ११ महिला खेलाडीसहित कुल ११२ गल्फरको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेताहरूलाई लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, प्रमुख कार्यकारी अधिकृत सुमेध भट्टराई तथा गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे। The post लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टीभीएसको नयाँ अपाचे आरटीआर २००४भी यूएसडी नेपाली बजारमा सार्वजनिक
Latest NewsJust now

टीभीएसको नयाँ अपाचे आरटीआर २००४भी यूएसडी नेपाली बजारमा सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक साझेदार जगदम्बा मोटर्स प्रालिले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले शनिबार आयोजित ‘अपाचे ट्र्याक एक्सपेरियन्स’ (एटीई) कार्यक्रममार्फत नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो। टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दीपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरेका हुन्। नयाँ मोटरसाइकलमा ...

कर्पोरट खबर
नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात
Latest NewsJust now

नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात

काठमाडौं । नेपालमा प्रयोग भएर फालिएका तथा पुनः प्रयोग गर्न सकिने कवाड सामग्री भारतका लागि भने आम्दानीको स्रोत बन्दै गएको छ । नेपालबाट वर्षेनी करोडौं रुपैयाँ बराबरका कवाड सामग्री भारत निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालमा खेर गएका जस्ता, विभिन्न धातुजन्य फोहोर तथा टुक्राटाक्री भारतमा निर्यात हुँदै आएका छन् । प्रयोगपछि बेकार ठानिएका यस्ता सामग्री संकलन गरी ...

केन्द्रबिन्दु
दशौँ राष्ट्रिय खेलकुदको अन्तिम खेल तालिका र स्थान टुङ्गो लाग्यो
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको अन्तिम खेल तालिका र स्थान टुङ्गो लाग्यो

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को अन्तिम खेल तालिका र आयोजना स्थल टुङ्गो लागेको छ । सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play