Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार

Share:WhatsAppFacebookX (Twitter)Telegram
लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाको दिन आइतबार काठमाडौंमा फूलको व्यापार बढेको छ । उपत्यकाका बिभिन्न स्थानबाट तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच भएको छ । लक्ष्मीपूजा गर्दा आफ्नो घर, पसल सजाउका लागि सयपत्री फूलको अधिकतम प्रयोग हुने गरेको छ । काठमाडौं महानगरले स्थान नै तोकेर फूलको खरिदबिक्रि गर्ने व्यवस्था मिलाएको छ । यस बर्ष तिहारमा ६४ करोड ५० लाख बराबरको फूलको कारोवार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । सयपत्री फूलका साथै भाइटीकामा प्रयोग हुने मखमली फूलको व्यापार समेत बढेको छ । हाल देशभर ३२५ हेक्टरभन्दा बढि क्षेत्रफलमा पुष्पखेती भइरहेको र पुष्प व्यवसायमा अनुमानीत लगानी रु ११ अर्व ५० करोड भन्दा बढि रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्बको क्षति, पुनर्निर्माणमा २ खर्ब १८ अर्ब आवश्यक
Latest NewsJust now

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्बको क्षति, पुनर्निर्माणमा २ खर्ब १८ अर्ब आवश्यक

काठमाडौं । गत भदौ १० गते रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) को प्रारम्भिक प्रतिवेदनले बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदनअनुसार बाढीले समग्र अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। ऊर्जा क्षेत्रको ...

केन्द्रबिन्दु
मध्य जापानमा भूकम्प
Latest NewsJust now

मध्य जापानमा भूकम्प

काठमाडौं । मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको […] ...

लोकपथ
कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थे
Latest NewsJust now

कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थे

नेपाल कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशमा सनकको शासन चलेको आरोप लगाएका छन्।  आइतबार सामाजिक सञ्जालमा लेख्दै पौडेलले देशमा विधिको शासन चलेको भए प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन अनुसन्धानको दायरामा हुनुपर्ने उल्लेख गरेका छन्।  ‘जहाँ गए पनि एउटै प्रश्न—पार्टी सभापतिलाई गिरफ्तार गर्न लागिएको हो? विधिको शासन भएको भए प्रश्न गर्न सकिन्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play