Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

रौतहट एक्स्पोमा लण्डन ब्रिज र जलपरी आकर्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहट एक्स्पोमा लण्डन ब्रिज र जलपरी आकर्षण
Photo / Coverage: हिमालय टाइम्स

रौतहट । स्थानीय बजारमा आर्थिक गतिविधि चलायमान बनाउन र जिल्लाको व्यापारिक पहिचान थप विस्तार गर्ने लक्ष्यसहित रौतहटको गौरमा मंसिर ६ गतेदेखि ‘रौतहट एक्स्पो २०८३’ आयोजना हुने भएको छ । मंसिर २२ गतेसम्म सञ्चालन हुने एक्स्पोले गौरमा व्यापारिक तथा मनोरञ्जनात्मक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । मंसिर २२ गतेसम्म सञ्चालन हुने एक्स्पोले गौरमा व्यापारिक तथा मनोरञ्जनात्मक वातावरण सिर्जना गर्ने आयोजकको अपेक्षा छ । रौतहट उद्योग वाणिज्य संघको आयोजना र निर्माण व्यवसायी संघ रौतहटको सहआयोजनामा रौतहटको गौरस्थित राइस मिल्सको खेल मैदानमा आयोजना हुने रौतहट एक्स्पोमा व्यापार, स्थानीय उत्पादन, वस्तु तथा सेवाको प्रदर्शनी र बिक्रीका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने भएकाले एक्स्पोलाई जिल्लाको आर्थिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ । लामो समयदेखि सुस्त जिल्लाको व्यापारिक क्षेत्र पुनः सक्रिय बनाउने, स्थानीय उत्पादन बजारसँग जोड्ने र उपभोक्ता तथा व्यवसायीबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ । मेला परिसरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रनाथ गोपालीले एक्स्पोको तयारी पूरा भइसकेको बताउनुभयो । एक्स्पोमा स्थानीय उद्योगी, व्यवसायी, कृषक तथा उत्पादकलाई आफ्ना उत्पादन प्रचारप्रसार र बिक्रीका लागि स्टलको व्यवस्था मिलाइएको जानकारी दिँदै उहाँले एक्स्पोले स्थानीय उत्पादनको पहिचान बढाउनुका साथै व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । एक्स्पोमा व्यापारिक प्रदर्शनीसँगै मनोरञ्जनका नयाँ आकर्षणसमेत समेटिएको छ । विशेषगरी लण्डन ब्रिज र जलपरी मेलाको प्रमुख आकर्षणका रूपमा रहेको आयोजकले जनाएको छ । त्यसैगरी नेपालमै पहिलोपटक ग्रेभिटीसहितको झुलुवा, सुनामी झुलुवा, रसियन झुलुवा तथा अन्य मनोरञ्जनात्मक खेल रहने र मनोरञ्जनका लागि भोजपुरी स्टार कलाकार तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । बालबालिका, युवा र परिवारसहित मेला घुम्न आउने दर्शकलक्षित गरी मनोरञ्जनका सामग्री तयार पारिएको आयोजकको भनाइ छ । आयोजकका अनुसार मेला अवलोकन गर्न आउने सर्वसाधारणको सुरक्षाका लागि प्रहरी प्रशासनसँग आवश्यक समन्वय गरिएको छ भने सम्भावित दुर्घटनाबाट हुन सक्ने क्षति जोखिम न्यूनीकरण गर्न बीमाको व्यवस्था पनि गरिएको छ । पत्रकार सम्मेलनमा निर्माण व्यवसायी संघका कोषाध्यक्ष विकास विक्रान्त नेपाल, नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठ, मनोज कुशवाहा, अमित गुप्ता, आशुतोष सिंहलगायत आयोजक समितिका पदाधिकारीहरूको उपस्थिति थियो । व्यापार, स्थानीय उत्पादन प्रवर्द्धन र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको एक्स्पोले गौर बजारमा चहलपहल ल्याउने अपेक्षा गरिएको छ । आयोजकले जिल्लाका उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई एक्स्पोमा सहभागी हुन आग्रहसमेत गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
Latest NewsJust now

डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८... ...

रातोपाटी
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली

काठमाडौं – कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा विभिन्न व्यवस्थापन समितिहरू सक्रिय भएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भएको छ । तर, केही खेल भने मङ्सिर ८ गतेदेखि ...

विश्वखबर
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा चीन र रुस छैनन् : अराघची
Latest NewsJust now

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा चीन र रुस छैनन् : अराघची

विदेशमन्त्री अराघचीका अनुसार युद्धपछि नीति परिवर्तनको बहस चर्किए पनि तेहरानको आधिकारिक अडान पुरानै छ र निरीक्षण रोकिएको छ। ...

कान्तिपुर
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play